१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

नेपालमा रोकिएन नेटवर्किङ विजनेश, नेटवर्किङ व्यवस्थापन गर्न बनेको कानुनको उल्लंघन



काठमाडौं । नेपालमा हालै जारी भएको वस्तुको प्रत्यक्ष विक्री [व्यवस्थापन तथा नियमन गर्ने] ऐन २०७४ र नियमावली २०७६ को दुरुपयोग गर्दै केहि व्यवसायिक संस्थाहरुले नेटवर्किङ बिजनेशलाई निरन्तरता दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दाबी गरेको छ ।

विभागले वस्तुको प्रत्यक्ष बिक्रीको नाउँमा केही कम्पनीहरुले नेटवर्किङ व्यवासय गरेको दाबी आरोप लगाएको हो ।

पिरामिड प्रकृतिको नेटवर्किङ व्यवसाय गर्नेगरी शंकास्पद गतिविधि गर्ने कम्पनीहरुलाई सचेत गराइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए ।

उनले प्रत्यक्ष वस्तु बिक्रि गर्ने अनुमति लिएर नेटवर्किङ बिजनेश गर्ने कम्पनीहरुलाई विभागले संरक्षण नगर्ने स्पष्ट पार्दै केहि कम्पनीलाई सचेत गराईएको र कानुन बमोजिम नगरे कारवाही गरिने जानकारी दिए ।

नेपालमा नयाँ प्रयोगमा आएको प्रत्यक्ष बिक्री ९डाइरेक्ट सेलिङ० सम्बन्धी कानुन बनेकाले इजाजत प्राप्त संस्थाहरुमा पनि अन्यौलता रहेको विभागले जनाएको छ । विभागका अनुसार ईजाजत प्राप्त र स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरुलाई ऐनका बारेमा जानकारी गराउने काम भईरहेको छ ।

महानिर्देशक सुवेदीले कुनैपनि कम्पनीले वेबसाइट अथवा आधिकारीक कागजातमा पिरामिड शैलिबाट व्यवसाय गर्ने गरी राखेको पाइए कानून अनुसार कारबाही गरिने चेतावनी दिए ।

वस्तुको प्रत्यक्ष विक्री [व्यवस्थापन तथा नियमन गर्ने] ऐन २०७४ र नियमावली २०७६ भर्खरै कार्यन्वयनमा आएकाले वस्तुको प्रत्यक्ष विक्री गर्न इजाजत पाएका कम्पनीलाई विभागले मौजुदा कानूनको प्रावधान अनुसार काम गर्ने अनुमति दिएको उनले बताए ।

विभागका निर्देशक रविन्द्र आचार्यले केही कम्पनीले वेबसाइटमा नेटवर्किङसँग सम्बन्धित पिरामिड शैलिका सामग्रीहरु राखेको जानकारी आएपछि हटाउन निर्देशन दिइएको जानकारी दिए । उनले विभागका कुनैपनि कर्मचारीले बदमासी गरी इजाजत दिएको छ भने त्यो अक्षम्य भएकाले कारबाही गर्ने प्रतिवद्धता समेत जनाए ।

विभागबाट प्रत्यक्ष वस्तु विक्री गर्न इजाजत लिएका केही कम्पनीहरुले मल्टी लेभल मार्केटिङ ९एमएलएम० गर्ने कम्पनी भन्दै पिरामिड शैलिमा मार्केटिङ गरिरहेका छन् । नेपालमा नेटवर्किङ र मल्टी लेभल मार्केटिङलाई अवैधानिक मानिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : २४ बजे

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित

महेन्द्रनगर । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ लाई

अटिजमको कथा बोकेको चलचित्र ‘गौँथली’ आजदेखि प्रदर्शनमा

काठमाडौं । अटिजमजस्ता संवेदनशील विषयवस्तुलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली

लागत बढेपछि चपेटामा किसान

सर्लाही । बरहथवा नगरपालिका-५ हात्तीडन्डाका दिनेश महतो यतिबेला धान रोपाइमा