२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

उपाध्यक्ष बामदेवले राखेको प्रस्ताव पार्टी एकताको पक्षमा छ : नेता थापा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा  एकताको दिशातर्फ उन्मुख भएको बताएका छन् ।

काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेता थापाले उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव पार्टी एकताको बिन्दु हुन सक्ने बताए ।

आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उनको भनाइ थियो ।उनले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको समेत स्पष्ट पारे ।

“हिजोबाट हाम्रो पार्टी एकताताको स्पिरिटमा आइपुगेका छौँ, अब यही कोर्समा पार्टी अघि बढ्छ, म एकताको पक्षमा छु । म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।”थापाको भनाई थियो ।

उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक सङ्घर्षले पार्टी टुटफूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भए पनि पार्टी फुटको चरणमा नभएको दाबी गरे ।

उनले भने, “हाम्रो पार्टी फुटको चरणमा छैन् तर शक्ति सङ्घर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति सङ्घर्ष कुनै वैचारिक होइन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ ।” पार्टीमा बहुमत अल्पमतको आधारमा नभइ सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि आँफु अडिग रहेको बताए।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ५७ बजे

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप

निर्वाचनका लागि स्थापना गरिएका विशेष एकाइ तथा समन्वय केन्द्र बन्द

काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न निर्वाचनको

पश्चिम एसिया क्षेत्रमा आंशिक हवाई उडान सुरु

काठमाडौं । बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान

प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’, कटाउनेले कति पाए ?

काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये