१० भदौ २०८३, बुधबार | August 26, 2026

नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङमा परेका २७ जनामा कोरोना संक्रमण पुष्टि,  समुदायमा संक्रमण फैलिएको थप पुष्टि



नेपालगन्ज । नेपालगन्जमा समुदायमा कोरोना फैलिएको थप पुष्टि भएको छ । ४ दिन अगाडी कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका थप २७ जनामा आज कोरोना पुष्टि भएको छ ।

नेपालगन्ज त्रिभुवन चोक स्थित मिठाई पसल सञ्चालकको सम्पर्कमा आएका मध्यबाट १६ जनालाई कोरोना पुष्टि भएको छ भने आन्तरिक राजश्व कार्यालयका २ जना अधिकृतको सम्पर्कमा आएका मध्य ९ जना कोरोना संक्रमित भएका छन् । राजश्व कार्यालयमा सेवा लिन आएका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

मिठाई पसलको सम्पर्कको आधारमा नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, १३ र १९ वडामा थप एक–एक जना ब्यक्तिमा कोरोना संक्रमण भेटिएको छ भने वडा नम्बर ११ का १३ जनामा कोरोना संक्रण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएकोछ ।

राजश्व कार्यालयमा पुष्टि भएका संक्रमित मध्य ४ जना बाँके, २ जना सुर्खेतका तथा बर्दिया, अर्घखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक÷एक जना कर्मचारी तथा सेवाग्राही भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

समुदाय स्तरमा कोरोना पुष्टि हुँदै गएपछि जिल्लाको अवस्थामा समिक्षा गर्न र थप कदम चाल्न जिल्ला प्रशासन कार्यालय बाँकेमा जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक राखिएको छ ।

भेरी अस्पतालको ल्यावमा परक्षिण गरिएका मध्य आज मात्र ३६ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १२ : ५० बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ