४ पुस २०८२, शुक्रबार | December 20, 2025

समुदायस्तरमै कोरोना देखिएसगैं आइतबारदेखि बाँकेमा निषेधाज्ञा जारी



नेपालगञ्ज । नेपालगन्जमा समुदाय स्तरमै कोरोना फैलिएको थप पुष्टि भएसंगै बाँकेमा आइतबारदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

समुदायस्तरमै कोरोना देखिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको विस्तारलाई रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

राजश्व कार्यालयका ९ जना कर्मचारी र राजश्व कार्यालयमा सेवा लिन आएका २ जनासिहत नेपालगञ्जमा आज २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ दिन अगाडी कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका थप २७ जनामा आज कोरोना पुष्टि भएको हो ।

राजश्वका एक जना अधिकृतमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङमा त्यसै कार्यालयका ११ जना र त्रिभुवन चोकको एक मिठाई पसल सञ्चालकको कन्ट्याक्टका १६ जनामा कोरोना देखिएको छ ।

भेरी अस्पतालको ल्यावमा परक्षिण गरिएका मध्य आज मात्र ३६ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको