२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

ओलीको विकल्प छैन, हटाउने प्रयास मान्य हुँदैन : उद्योगमन्त्री भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको दाबीग गरेका छन् ।

स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने भट्टले बताए ।

बहुमत स्थायी समिति सदस्यहरुले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बताइरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीको समर्थनमा भट्टको प्रष्ट धारणा आएको छ ।

रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा मन्त्री भट्टले भने, ‘‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिन । नेपालको इतिहासलाई हामीले के गर्नुपर्छ भने अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ । नयाँ इतिहास बनाउनुपर्छ । त्यो भनेको के हो भने ५ वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।’’

पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको बीचमा सहमति बाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री भट्टले त्यसका लागि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने जिकिर गरे । सरकार परिवर्तनको खेल भए देश फेरी अस्थिरतातर्फ जाने उनले स्पष्ट पारे ।

मन्त्री भट्टले पार्टीभित्र अहिले केपी प्रवृतिहरु खेल्न खोजेकोले त्यसलाई परास्त गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । पार्टीको एकता महाधिवेशन सहमितमै हुने उल्लेख गर्दै भट्टले नेतृत्व समेत सहमति मै टुंगो लाग्ने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ५ : १० बजे

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : न्यू डाँफे र जय किसन विजयी

खजुरा । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा मंगलबार

कांग्रेस खुला सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी तथा महिला सहमहामन्त्रीमा गौतम विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदमा रामहरि

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु