५ पुस २०८२, शनिबार | December 20, 2025

सभापति देउवाले विधान विपरित काम गरेको पौडेल पक्षको आरोप



काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्नेगरी क्रियाकलाप गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको निर्वाचन आचारसंहिता विपरित पद बाँडने काम गरेको भन्दै विरोध जनाउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले बिहीबार सभापति देउवालाई भेटेर लिखित असहमति जनाएको समेत बताए। तरपनि सभापति देउवाले आफुहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता नजनाएको पौडेलले बताए ।

पौडेललेले पारदर्शि ढंगले क्रियाशिल सदस्यको वितरण र नविकरण हुनुपर्नेमा केन्द्रबाट वडावडामा दवाव दिने काम भएको बताए।

फोरम लोकतान्त्रिकलाई पार्टीले नै निर्णय गरेर प्रवेश गराइएको तर पछिल्लो समय व्यक्तिगत प्रवेशलाई लिएर क्रियाशिल सदस्य बाँडने काम सभापति देउवाले गरेको पौडेलले आरोप लगाए ।

विदेश स्थित जनसम्पर्क समिति देखि विभिन्न भातृसंगठनमा पद वितरण गर्ने काम गरिनु महाधिवेशनलाई प्रभावित गर्ने गतिविधि भएकोले आफुहरुको आपत्ति रहेको पौडेलले बताए ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले गल्ति गर्दै जाँदा आफुहरुले सशक्त दबाब दिदै जाने समेत बताए। १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि ६ महिना भित्रमा सबै विभागलाई पूर्णता दिनुपर्नेमा १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभागहरु थप्ने र पद बाँडने काम भएको उनले बताए ।

विधान विपरित भएका सबै क्रियाकलापलाई महाधिवेशनमा एजेण्डाको रुपमा लैजाने घोषणा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्ता गतिविधिलाई साथ नदिन देशभरका कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ७ : ३१ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य