२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

सभापति देउवाले विधान विपरित काम गरेको पौडेल पक्षको आरोप



काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्नेगरी क्रियाकलाप गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको निर्वाचन आचारसंहिता विपरित पद बाँडने काम गरेको भन्दै विरोध जनाउनुभएको हो ।

वरिष्ठ नेता पौडेलले बिहीबार सभापति देउवालाई भेटेर लिखित असहमति जनाएको समेत बताए। तरपनि सभापति देउवाले आफुहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता नजनाएको पौडेलले बताए ।

पौडेललेले पारदर्शि ढंगले क्रियाशिल सदस्यको वितरण र नविकरण हुनुपर्नेमा केन्द्रबाट वडावडामा दवाव दिने काम भएको बताए।

फोरम लोकतान्त्रिकलाई पार्टीले नै निर्णय गरेर प्रवेश गराइएको तर पछिल्लो समय व्यक्तिगत प्रवेशलाई लिएर क्रियाशिल सदस्य बाँडने काम सभापति देउवाले गरेको पौडेलले आरोप लगाए ।

विदेश स्थित जनसम्पर्क समिति देखि विभिन्न भातृसंगठनमा पद वितरण गर्ने काम गरिनु महाधिवेशनलाई प्रभावित गर्ने गतिविधि भएकोले आफुहरुको आपत्ति रहेको पौडेलले बताए ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले गल्ति गर्दै जाँदा आफुहरुले सशक्त दबाब दिदै जाने समेत बताए। १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि ६ महिना भित्रमा सबै विभागलाई पूर्णता दिनुपर्नेमा १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभागहरु थप्ने र पद बाँडने काम भएको उनले बताए ।

विधान विपरित भएका सबै क्रियाकलापलाई महाधिवेशनमा एजेण्डाको रुपमा लैजाने घोषणा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्ता गतिविधिलाई साथ नदिन देशभरका कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ७ : ३१ बजे

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप