२० आश्विन २०८३, मंगलबार | October 6, 2026

आजको मौसम : अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, पश्चिमी पहाडी र पूर्वी क्षेत्रमा बाढी पहिरोको सम्भावना



काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । नेपालको पुर्वी तराईका भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

हाल देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम बर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सिन्धुली जिल्लास्थित वर्षामापन केन्द्रमा आज विहान ५ः३० बजे मापन गरिए अनुसार सिन्धुलीमाडी र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको छ ।

त्यस क्षेत्र भएर बहने साना नदीमा बाढी आउन सक्ने र कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना रहेको छ ।

त्यस्तै आज विहान ४ बजे मापन गरिएको तथ्यांक अनुसार कास्कीको पोखरामा पछिल्लो ३ घण्टा भारी बर्षा भएको छ ।

साना खोलामा बाढी आउन सक्ने र भिरालो तथा कमजोर जमिनमा पहिरो जान सक्ने सम्भावना रहेको छ ।

त्यसैगरी आज विहान ३ः३० बजे मापन गरिएको रेकर्ड अनुसार गोरखाको बारपाक र यस आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टा भारी वर्षा भएको छ ।

दरौंंदी नदीको तटीय क्षेत्र र सो क्षेत्र भएर बहने साना नदीमा बाढी आउन सक्ने र कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ७ : ०० बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११