८ आश्विन २०८०, सोमबार | September 25, 2023

सामान्य भेटघाट र फोन सम्वाद्लाई हस्तक्षेप भनिए मुलुकबीच कूटनीतिक सम्बन्ध नै हुँदैन : चिनियाँ राजदूत होउ यान्छी



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप नगरेको स्पष्ट पारेकी छिन् ।

नयाँ पत्रिका दैनिकलाई लामो अन्तर्वार्ता दिँदै राजदुत होउले सामान्य कुटनीतिक मान्यता अनुसार नै मुलुकबीचको विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनेगरेको बताएकी हुन् ।

राजदुत होउले भनेकी छिन्, ‘यदि सामान्य भेटघाट एवं फोन संवादलाई पनि आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा लिने हो भने मुलुकबीच कुनै कूटनीतिक सम्बन्ध नै हुँदैन । नेपालको छिमेकी मित्रका रूपमा हामी नेपालले स्थायित्व र एकता कायम राखेको हेर्न चाहन्छौँ । जुन राष्ट्रिय विकासको पूर्वसर्त हो ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र चर्किएको अन्तसंघर्षकै बीचमा होउले नेकपाका नेताहरुसँग भेटघाट गरेपछि कतिपय मानिसहरुले आलोचना गरेका थिए ।

नेपाले आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सुरक्षा गर्न कटिबद्ध रहेको विश्वास गर्दै नेपालको प्रयासको सम्मान र समर्थन गर्ने बताएकी छिन् । राजदूत यान्छीले नेपाल र भारतको सम्बन्धमा चीनलाई तान्न खोज्नु अनुचित भएको बताएकी छिन् ।

नयाँ पत्रिकाका नरेश ज्ञवालीसँग कुरा गर्दै राजदूत होउले भनेकि छिन्, ‘ मैले के नोटिस गरेकी छु भने जब–जब नेपाल–भारतबीचको सम्बन्धमा उतारचढाव आउँछ, त्यसमा चीनलाई तान्न केही शक्तिले प्रयास गरिरहेका हुन्छन् । उनीहरू हुँदै नभएका विषय रचना गरेर अफवाह फैलाउन थाल्छन् । यसले हामीलाई एकदमै अलमल पार्ने गरेको छ । यी हर्कतले चीन–नेपाल मित्रताको समग्र स्थितिलाई खलल पु-याउने छैन भन्नेमा म विश्वस्त छु ।’

राजदूत होउले सन् २०१५ मा चीन र भारतबीच लिपुलेक व्यापारिक नाका प्रयोग गर्ने विषयलाई पनि प्रष्ट पारेकी छिन् । उनले भनेकी छिन्, ‘सन् २०१५ मा चीन र भारतबीच हस्ताक्षरित संयुक्त वक्तव्य विवादित भूभागको सम्प्रभुतासँग संलग्न छैन । यो परम्परागत व्यापार च्यानल केवल सीमाका बासिन्दाको सुविधाका लागि मात्रै हो । यसको अरू व्याख्या जरुरी छैन ।’

नेपाल र भारतबीचको विवादित विषयलाई दुई मुलुकले मित्रवत छलफलमार्फत सुल्झाउने विश्वास व्यक्त गरेकी होउले परिस्थितिलाई जटिल बनाउन सक्ने कुनै पनि एकपक्षीय कारबाहीबाट दुवै मुलुक जोगिनेमा चीन विश्वस्त रहेको बताएकी छिन् । उनले चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सधैँ सम्मान गर्ने समेत स्ष्ट पारिन ।

राजदूत होउले बीआरआई र एमसीसीबारे नयाँ पत्रिकाले सोधेको प्रश्नमा पनि चीनको धारणा प्रष्ट पारेकी छिन् । होउले बीआरआईमार्फत दुई मुलुक कनेक्टिभिटी, पूर्वाधार, प्रकोपपछिको पुनर्निर्माण, व्यापार, लगानी र जनस्तरको आदानप्रदानको क्षेत्रमा सहयोग सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएकी छिन् । यसबाट थुप्रै सकारात्मक उपलब्धि भएको उनको भनाइ छ ।

तर, एमसीसी नेपाल अमेरिका बीचको विषय भएका कारण थप टिप्पणी गर्नु उचित नहुने उनले बताएकी छिन् । होउले भनेकी छिन्, ‘म बिआरआईलाई एमसिसीसँग तुलना गर्न चाहन्नँ । क्षेत्रीय शान्ति र स्थायित्वका लागि नेपालले आफ्नो राष्ट्रिय हितका आधारअनुरूपको छनोट गर्नेमा हामीलाई विश्वास छ ।’

विवादमा रहेको अमेरिकी अनुदान सहयोग कार्यक्रम लागु गर्न नदिन चीनले दबाब दिएको समेत कतिपयले आरोप लगाउँदै आएका छन् ।
चीन र अमेरिकाबीच हालै बढेको तनाबपूर्ण सम्बन्धबारे पनि राजदूत होउले स्पष्ट पारेकी छिन् ।

चीन र अमेरिककाका अलगअलग सामाजिक प्रणालीलाई दुवै मुलुकले सम्मान गर्नुपर्ने बताउँदै राजदूत होउले सहकार्यलाई रोक्न नहुने जिकिर गरेकी छिन् । चीन र अमेरिकाको काँधमा विश्वको शान्ति र विकासकोे जिम्मेवारी रहेको बताउँदै उनले भनेकी छिन्, ‘चीन र अमेरिका दुवैलाई सहयोग एवं सहकार्यबाट फाइदा र टकरावबाट नोक्सानी हुन्छ भन्ने हामीलाई इतिहासले सिकाएको छ ।’

राजदूत होउले थप स्पष्ट पारेकी छिन्, ‘चीनले आफ्नो सम्प्रभुता एवं भौगोलिक अखण्डता, विकासको वैध अधिकार, विश्वमा आफ्नो स्वाभिमान र गौरवपूर्ण स्थानको रक्षा पनि गर्नेछ, जुन कमाउन चिनियाँ जनताले धेरै कडा मिहिनेत गरेका छन् ।’

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ३० बजे

कांग्रेसद्वारा महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आसन्न महासमितिको तयारीका लागि विभिन्न

खजुरामा महाआरतीको दोस्रो सृङखला सम्पन्न

खजुरा । बाँकेको खजुरामा महाआरतीको दोस्रो सृङ्खला सफलतापूर्वक सम्पन्न भएको

सङ्घीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको

PM Prachanda’s China visit: 12 different agreements, one MoU signed

Beijing: Nepal and China have signed 12 different agreements and

PM Prachanda pays tribute to late Mao Zedong in Tiananmen Square

Beijing: Prime Minister Pushpa Kamal Dahal Prachanda paid his respect