१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आन्तरिक उडानका टिकट बुकिङ सुरु, यात्रुले देखाएनन् यात्रा गर्ने जाँगर



काठमाडौं। विगत ४ महिनादेखि बन्द रहेका विमान कम्पनीहरुले सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेसँगै आन्तरिक उडानको लागि बुकिङ सुरु गरेका छन् ।

चार महिनादेखि बन्द रहेको आन्तरिक उडान सुरु गर्ने निर्णयसँगै विभिन्न एयरलाइन्सहरुले गत सातादेखि टिकट बुकिङ सुरु गरिसकेका हुन् ।

गत सातादेखि बुद्ध एयरले यात्रुका लागि टिकट बुकिङ गर्न सुरु गरेको थियो भने श्री, यति, सिम्रीक लगायत निजी वायुसेवा कम्पनीले पनि टिकट बुकिङ सुरु गरिसकेको जनाएका छन्।

बुद्ध एयरले अन्य समयको भन्दा कम भाडा दरमा उडान गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

तर, विगतको सामान्य अवस्थाको तुलनामा हवाई टिकट बुकिङ गर्ने यात्रुहरु कम भएको व्यवसायीहरुले बताएका छन् ।

निजी वायुसेवा कम्पनीबीच भएको सम्झौता अनुसार प्रत्येक गन्तव्यमा तीन घण्टासम्मको फरकमा उडान गर्ने योजना बनाईएको छ ।

यसअघि १० मिनेटको अन्तरमा एउटै गन्तव्यमा विभिन्न वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका थिए।

भिडभाड कम होस् भन्नाका लागि एउटै गन्तव्यमा उडान गर्दा तीन घण्टासम्मको समयान्तर राखिएको बिमान कम्पनीका सञ्चालकहरुले बताएका छन् ।

उडान भर्नु अघि सबै वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षाका लागि आ–आफ्नो प्रोटोकल बनाएर सेवा दिने तयारी गरिएको समेत उनीहरुले जनाएका छन् ।

विमान कम्पनीहरुले यात्रुको माग र आपूर्तिको आधारमा हवाई भाडादर निर्धारण गरिँदै जाने योजना समेत बनाएका छन् ।

निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले संक्रमण जोखिम कम रहेको गन्तव्यमा मात्र नियमित उडान गर्ने योजना बनाएको छ भने बुद्ध एयरले मुलुकका १८ गन्तव्यमा उडान भर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : ३७ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा