२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

आन्तरिक उडानका टिकट बुकिङ सुरु, यात्रुले देखाएनन् यात्रा गर्ने जाँगर



काठमाडौं। विगत ४ महिनादेखि बन्द रहेका विमान कम्पनीहरुले सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेसँगै आन्तरिक उडानको लागि बुकिङ सुरु गरेका छन् ।

चार महिनादेखि बन्द रहेको आन्तरिक उडान सुरु गर्ने निर्णयसँगै विभिन्न एयरलाइन्सहरुले गत सातादेखि टिकट बुकिङ सुरु गरिसकेका हुन् ।

गत सातादेखि बुद्ध एयरले यात्रुका लागि टिकट बुकिङ गर्न सुरु गरेको थियो भने श्री, यति, सिम्रीक लगायत निजी वायुसेवा कम्पनीले पनि टिकट बुकिङ सुरु गरिसकेको जनाएका छन्।

बुद्ध एयरले अन्य समयको भन्दा कम भाडा दरमा उडान गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

तर, विगतको सामान्य अवस्थाको तुलनामा हवाई टिकट बुकिङ गर्ने यात्रुहरु कम भएको व्यवसायीहरुले बताएका छन् ।

निजी वायुसेवा कम्पनीबीच भएको सम्झौता अनुसार प्रत्येक गन्तव्यमा तीन घण्टासम्मको फरकमा उडान गर्ने योजना बनाईएको छ ।

यसअघि १० मिनेटको अन्तरमा एउटै गन्तव्यमा विभिन्न वायुसेवा कम्पनीले नियमित उडान गर्दै आएका थिए।

भिडभाड कम होस् भन्नाका लागि एउटै गन्तव्यमा उडान गर्दा तीन घण्टासम्मको समयान्तर राखिएको बिमान कम्पनीका सञ्चालकहरुले बताएका छन् ।

उडान भर्नु अघि सबै वायुसेवा कम्पनीले स्वास्थ्य सुरक्षाका लागि आ–आफ्नो प्रोटोकल बनाएर सेवा दिने तयारी गरिएको समेत उनीहरुले जनाएका छन् ।

विमान कम्पनीहरुले यात्रुको माग र आपूर्तिको आधारमा हवाई भाडादर निर्धारण गरिँदै जाने योजना समेत बनाएका छन् ।

निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले संक्रमण जोखिम कम रहेको गन्तव्यमा मात्र नियमित उडान गर्ने योजना बनाएको छ भने बुद्ध एयरले मुलुकका १८ गन्तव्यमा उडान भर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १० : ३७ बजे

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’