५ पुस २०८२, शनिबार | December 20, 2025

शान्तिपूर्ण प्रदर्शनमा सरकारले बल प्रयोग गरेकोमा पूर्व राष्ट्रपति ओबामाको आपत्ति



अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको विरुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी दमन गरेकोमा विरोध गरेका छन् ।

पूर्व राष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाईहरु राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल्ड ट्रम्पको प्रशासनले सुरक्षाकर्मी पठाएर प्रदर्शन गरको व्यक्तिहरुमाथि आक्रमण गरेको भन्दै त्यसको निन्दा गरेका हुन् ।

यसरी शान्तिपूर्ण रुपमा प्रदर्शनमा रहेका नागरिकहरुमाथि ट्रम्प प्रशासनले ठूलो संख्यामा प्रहरी पठाएर उनीहरुलाई दमन गरेको, टियर ग्याँस प्रयोग गरेको र प्रहरीले कुटपिट पनि गरेको भन्दै त्यसको विरोध गरेका हुन् ।

ओवामालाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ कि पछिल्ला केही समययता अमेरिकामा काला जातिका नागरिकहरु माथि सरकारले गरेको दमन त सबैले देखेकै छौँ र अहिले पनि त्यो दमनको अवस्था रोकिएको छैन ।

सरकारले नागरिकमाथि अनावश्यक डर र त्रास देखाएको र नभएको कानुनको प्रयोग गरेर जनतालाई त्रसिद् बनाएको पनि पूर्वराष्ट्रपति ओबामाले बताएको सिएनएनले जानकारी दिएको छ ।

अमेरिकामा रहेका आप्रवासी, विद्यार्थीहरु आदिलाई अनेक खालका डर र त्रास देखाएर सरकारले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना कुरा राख्न पनि नदिएको आरोप पूर्व राष्ट्रपति ओबामाले लगाएका छन् ।

केही सयम अघि एक जना काला जातिका अमेरिकी नागरिकको प्रहरीको कारबाहीमा परी ज्यान गएपछि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १ : १५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता