२७ असार २०८३, शनिबार | July 11, 2026

संघीय निजामती सेवा ऐन सच्चाउन माग गर्दै ज्ञापनपत्र



बुटवल । निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन जिल्ला कार्य समिति, रुपन्देहीले संघीय निजामती सेवा ऐन सच्चाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज मेघदेव पन्थलाई ऐनमा त्रुटि सच्चाउन माग गर्दै आन्दोलनबाट अन्तिम रुप दिइएको ८४ बुुँदे ज्ञापनपत्र बुुझाएको हो । ज्ञापनपत्र बुुझदै पन्तले ऐनको मस्यौदाका त्रुुटि सच्चाउन आफूहरुले सक्दो प्रयास गर्ने बताए । पन्तले विधयेकले निजामती कर्मचारीका पाउँदै आएका सेवा सुविधा खोसेकोले ऐन नसच्चाउदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

संघीय निजामती सेवा ऐन विधयेकको सम्बन्धमा आम कर्मचारीहरुको वृद्धि विकास, सेवा सर्त, सुविधा टे«ड युुनियन अधिकारी कटौती गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुुशासन समितिले गएको असार १५ गते पारित गरेको छ ।

उक्त विधयेक पारित भएपछि निजामती कर्मचारी चरणपबद्ध आन्दोलनमा छन । कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन जिल्ला कार्य समिति, रुपन्देहीका अध्यक्ष रामप्रसाद पन्थीले सबैको भावना समावेश गरेर ८४ बुुँदे ज्ञापनपत्र तयार गरी केन्द्रीय समितिलाई बुझाइएको बताए । कर्मचारी नैं अधिकारको लागि राज्यसँग आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुखद रहेको बताए ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य, नारायण भण्डारीले ऐनका अलोकतान्त्रिक र पश्चगामी प्रवधानहरु सच्चाउनुुपर्ने बताए । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य काशीराम आचार्यले कर्मचारी अधिकारका लागि आफूूहरु एकताबद्ध भएर लाग्ने बताए ।
नेपाल निजामती कर्मचारी युुनियन संघका केन्द्रीय सचिव गणेश भण्डारीले कर्मचारीका अधिकारका लागि सुनिश्चिता गर्नका लागि संघ सधै तयार रहेको बताए ।

कार्यक्रमको सञ्चालन निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन जिल्ला कार्य समिति रुपन्देहीका सहसचिव शिव कुमार पंगेनीले गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ३ : ०८ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका