२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

भौतिक पूर्वाधार मन्त्री चौधरीको ठाडो निर्देशन पछि पुरिन थाले बुटवलको मुख्य सडकका खाल्डाखुल्डी



बुटवल । प्रदेश ५ सरकारको अस्थायी मुकाम बुटवलमा आम नागरिकलाई जिस्काउने गरि ध्वस्त बनेको सडकको खाल्डो सडक डिभिजन कार्यालय बुटवलले पुर्न थालेको छ ।

खबरकुरामा समाचार प्रकाशन भएको २४ घण्टाभित्रै भौतिक पूर्वाधार मन्त्रालयको निर्देशनमा सडक डिभिजनले सडक पुर्न सुरु गरेको हो ।

आज बिहान खबुरकुरासँग कुरा गर्दै प्रदेश ५ सरकारका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले सडकको बिषयमा सार्वजानिक आलोचना आएपछि मन्त्रालयले पानी रोकिएको २४ घण्टा भित्र खाल्डो पुर्न निर्देशन गरेको जानकारी दिएका थिए ।

राजधानीको पहिचानलाई नै बदनाम गर्ने गरी बुटवलको मुख्य सडक खाल्डाखुल्टी परेका थिए । राज्यका सरोकारवाला निकायहरु अदालतको बिचाराधिन मुद्दा भन्दै अदालतको निकास पछि बनाउने भन्दै मुकदर्शक बन्दै आएका थिए ।

८२ फुट सडकको बिस्तार गर्ने भन्दै बुटवल बेलहिया सडक बिस्तार परियोजनाले काम अगाडी बढाएपछि सडक अवरोध गरेर बसेका घरधनीहरुले मुद्दा हालेका थिए । लक डाउन पुर्व सर्वोच्च अदालतले सडक विस्तारको योजनालाई सघाउ पुग्ने गरि गृहमन्त्रालयमा फायल पठाएको थियो ।

गृह मन्त्रालयले पनि सडक विस्तारको काम अगाडि बढाउन निर्देशन दिए अनुसार परियोजनाले १५ दिने सुचना जारी गरेको थियो ।

तर, घरधनीहरुले लकडाउनको समयमा सडक विस्तार हुन थालेको भन्दै अन्तरिम आदेश माग गर्दै घर भत्काउन नसकिने भन्दै सर्वोच्दमा निवेदन दिएका थिए ।

अदालतले दुबै पक्षको सुनुवाई गर्दै अर्को फैसला नआउँदासम्म पुनः घर भत्काउने काम अघि नबढाउन उत्प्रेषणको आदेश गरेको बेलहिया, बुटवल सडक बिस्तार परियोजनाको समेत जिम्मा पाएको सडक डिभिजन बुटवलका प्रमुख मेघराज मरासिनीले बताए ।

बुटवलको मुख्य राजमार्ग (पुर्व–पश्चिम), सिद्धार्थ राजमार्ग (उत्तर–दक्षिण)को मुख्य विन्दुको रुपमा रहेको राजमार्ग चौराहादेखि पुष्पलाल पार्क हुँदै गोलपार्क खण्डको कन्तबिजोगका कारण आलोचना हुँदै आएको थियो ।

राजमार्गकै बीचमा ठुल ठुला खाडल परेको कारण सबैतिरबाट विरोध हुँदै आएको थियो । सरोकारवाला निकाय सडक विस्तार परियोजना देखाउँदै खाल्डाखुल्डी समेत पुर्न उदाशिन रहँदै आएको बिषयमा बिहीबार खबरकुराले समाचार प्रकाशन गरेको थियो ।

निर्माण सम्पन्न भएपछि सरकारलाई हस्तानान्तरण गरेपनि करिव ५ वर्षसम्म ठेकेदार कम्पनीले नै नियमित रुपमा मर्मत संहार गर्नुपर्ने प्रावधान सडक ऐनमा व्यवस्था गरिएको भएपनि बुटवलको राजमार्ग चौराहादेखि ट्राफिक चौक सम्मको बाटोे निर्माण भएको करिव २, ३ बर्षमा नै तहसनहस भएको थियो ।

फोटो फिचर

 

 

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ४० बजे

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप