२९ मंसिर २०८२, सोमबार | December 15, 2025

खेलाडीको तलब भत्ता बढाउन काँग्रेस सभापति देउवाले सरकारसँग कुरा गर्ने



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका छन् ।

पार्टी कार्यालयमा सागका स्वर्ण विजेता खेलाडीहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा सभापति देउवाले खेलाडीहरुका लागि उचित तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताएका हुन् ।

देउवाले राष्ट्रको इज्जत र प्रतिष्ठा बढाइरहेका खेलाडीहरुलाई उचित तलब र भत्ता दिने कुरा संसदमा समेत उठाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेश सिलावालले खेलकुद ऐन निर्माण गर्दा त्रुटि भएको जिकिर गरे ।

कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले समेत ऐन निर्माण गर्दा ध्यान नदिएको भन्दै सिलवालले गुनासो गरे। ऐन निर्माणको चरणमा रहेका बेला सम्बन्धित क्षेत्रका विज्ञ लगायत सरोकारवालाहरुलाई सहभागि गराएर छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको सिलवालको भनाइ थियो ।

आगामी दिनमा ऐन बनाउँदा ध्यान दिन आग्रह गर्दै सिलवालले सरकारले केही समयअघि मात्रै जारी गरेको राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ प्रति असन्तुष्टि जनाए

कांग्रेसको खेलकुद विभागले १३ दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ५० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले