२ पुस २०८२, बुधबार | December 18, 2025

बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड हो : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको उल्लेख गरेकी छन् ।

उनले मुस्लिम धर्मावलम्बीले यस पर्वका दिन सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएकी छन् ।

“नेपाल विविध जातजाति, भाषा र संस्कृतिको सङ्गम हो । विभिन्न समुदायद्वारा मनाइने यस्ता पर्वले आम नागरिकलाई सामाजिक सांस्कृतिकरूपमा एकताबद्ध बनाउँदै भावनात्मक ढङ्गले राष्ट्रिय एकता सुदृढ गर्नसमेत मद्दत पु¥याउने अपेक्षा लिएको छु”, शुभकामना सन्देशमा उल्लेख छ ।

कोभिड–१९ महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेको कठिन परिस्थितिमा सावधानीका साथ चाड मनाउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले बकर इद पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासका कार्यमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा सङ्कल्प पूरा गर्न मद्दत पुगोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : १३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल