१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड हो : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इदको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको उल्लेख गरेकी छन् ।

उनले मुस्लिम धर्मावलम्बीले यस पर्वका दिन सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएकी छन् ।

“नेपाल विविध जातजाति, भाषा र संस्कृतिको सङ्गम हो । विभिन्न समुदायद्वारा मनाइने यस्ता पर्वले आम नागरिकलाई सामाजिक सांस्कृतिकरूपमा एकताबद्ध बनाउँदै भावनात्मक ढङ्गले राष्ट्रिय एकता सुदृढ गर्नसमेत मद्दत पु¥याउने अपेक्षा लिएको छु”, शुभकामना सन्देशमा उल्लेख छ ।

कोभिड–१९ महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेको कठिन परिस्थितिमा सावधानीका साथ चाड मनाउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले बकर इद पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासका कार्यमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा सङ्कल्प पूरा गर्न मद्दत पुगोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : १३ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला