१३ श्रावण २०८३, बुधबार | July 29, 2026

घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले बकर इदमा घरघरमै बसेर नमाज पढ्न आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम आयोगले घरघरमै नमाज पढेर बकर इद मनाउन आग्रह गरेको हो ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना संक्रणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताए । वर्षमा एकपटक मात्रै आउने पर्व भएकाले केही असहज भएपनि देशवासीका लागि यो कदम चालिएको अन्सारीले बताए ।

विगत वर्षहरुमा बकर इदको दिन दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको भएपनि यो वर्ष भने सुनसान देखिएको छ ।

इदका अवशरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ ।

जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन् । यस पर्वमा अल्लाहलाई खुशी पार्न मुस्लिम समुदायले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १२ : ३२ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला