४ श्रावण २०८३, सोमबार | July 20, 2026

अबैध चोरी निकासी पैठारीलाई सिल गरिएको सिमाले रोक्न सकेन, बाँकेमा दिनदिनै भित्रिन्छन् ठूला परिमाणमा कपडा र प्रतिबन्धित औषधी



नेपालगन्ज । बाँके प्रहरीले सिमा सिल भएको बेला पनि भारतबाट अबैध आयात हुँदै गएको ठूलो परिमाणको कपडा र प्रतिबन्धित औषधी बरामद गरेको छ । जिल्ल प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरको जमुनाहबाट भारतबाट अवैध रुपमा ल्याउदै गरेको ठूलो परिमाणको कपडा बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको कपडामा कुर्ता ५०० पिस, टिसर्ट १०० पिस तथा कुर्ता सुरुवाल २०० पिस रहेको प्रहरीले जनाएको छ ।

बरामद कपडाहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि नेपालगन्ज भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

सिमा सिल भएको अवस्थामा सिमा पारी एसएसबी र सिमा वारी सिमा प्रहरी कार्यालय छिचोल्दै जमुनाहा गाँउ सम्म सामान पुगेको पाइएको छ ।

अवैध सामान भित्रनुमा सिमामा रहेको दुबै तर्फका सुरक्षाकर्मीहरुको सलोमतो रहेको व्यवसायीले बताएका छन् ।

बाँके प्रहरीले आजै नेपालमा प्रतिबन्धित कोरेक्स औषधीसहित ३ जनालाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिए अनुसार बाँकेको डुडुवाबाट २६ सि सि प्रतिबन्धित कोरेक्स सहित स्थानीय अर्जुन चौहान, कल्लु चौहान र भारत जिल्ला बहराईच बर्गदाह बस्ने अजय बर्मालाई पक्राउ गरेको छ । उनीहरुलाई लागु औषध ऐन बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।

बिगत ३ दिन देखि हरेक दिन भारतीय सिमा हुँदै लागु औषध ओसार्नेहरुलाई प्रहरीले नियन्त्रण गर्दै आएको छ । बिहिबार र शुक्रबार भारत हुँदै ब्राउन सुगर भित्राउँदै गरेका युवा समातिएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ५ : ०४ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री