४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा कोरोना संक्रमण पुष्टि भएका २ जना बेपत्ता, संक्रमण पुष्टि भए लगत्तै सम्पर्क बिहिनको खोजी हुँदै



बुटवल । बुटवलमा कोरोना संक्रमण पुष्टि भएका २ जना सम्पर्क बाहिर पुगेका छन् । लुम्बिनी प्रादेशीक अस्पतालको प्रयोगशालामा परीक्षणबाट कोरोना पुष्टि भएका उनीहरु पुष्टि भएको जानकारी पाए लगत्तै सम्पर्क बाहिर गएको बताईएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा शुल्क तिरेर शुक्रबार स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको र पोजिटिभ रिपोर्ट आएको पहिलो सुचना पाएसँगै सम्पर्क बाहिर गएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डाक्टर राजेन्द्र गिरीले बताए ।

बुटवल उपमहानगरपालिका वडा नं ६ ठेगाना टिपाएका उनीहरु सम्पर्क बाहिर गएपछि स्थानीय जनप्रतिनिधि र प्रशासनलाई समेत खोजीका लागि अनुरोध गरिएको डाक्टर गिरीले बताए । अस्पतालमा शुल्क तिरेर पीसीआर परीक्षण गराएका उनीहरुको बिषयमा थप जानकारीका लागि सम्पर्क गर्दा लुम्बिनी प्रादेशीक अस्पतालका प्रवक्ता डाक्टर बिष्णु गौतमको मोबाईल उठेन ।

परिक्षणमा पोजेटिभ देखिएका व्यक्ति नै सम्पर्कमा नआउँदा उनीहरुको ट्राभल हिस्ट्री र उनीहरुको कारण समाजमा अझै जोखिम बढ्ने देखिएको छ ।
प्रयोशशाला प्रमुख डाक्टर गिरीका अनुसार उनीहरु भारतबाट आएका र पुन भारत जानका लागि पीसीआर परीक्षण गराउन अस्पताल पुगेका थिए । उनीहरुले निर्धारित शुल्क भुक्तानी गरेर पीसीआर परीक्षण गराएका थिए ।

उनीहरुले आफ्नो ठेगाना बुटवल ६ र एनसेलको मोबाईल नम्बर टिपाएका थिए । नतिजा पोजेटिभ आएको भन्ने पहिलो कल रिसीभ गरेपनि त्यस लगत्तै उनीहरुले मोबाईल सम्पर्क नहुने बनाएका थिए ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ७ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको