१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

‘हेड्स अप एफए कप’ को उपाधी आर्सनलले चुम्यो



एजेन्सी । ‘हेड्स अप एफए कप’ फुटबलको उपाधि आर्सनलले जितेको छ ।

शनिबार राति भएको फाइनलमा चेल्सीलाई २–१ ले पराजित गरी आर्सनलले कीर्तिमानी १४ औँ पटक एफए कपको उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन् । उनले २८ औँ मिनेटमा पाएको पेनाल्टी र ६७ औँ मिनेटमा गोल गरे ।

क्रिष्टियन पुलिसिकले पाँचौँ मिनेटमा गरेको गोलबाट सुरुवाति अग्रता लिएको चेल्सीले त्यसलाई जोगाउन सकेन । ७३ औँ मिनेटमा कोभासिक दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

पूर्व खेलाडी मिकेल आर्तेताले प्रशिक्षकका रुपमा पहिलो सिजनमै प्रमुख उपाधि जितेका हुन् ।

यो खेललाई प्रशिक्षकबिचको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको थियो । त्यसमा बाजी आर्तेताले मारे । तर फ्र्यांक लाम्पार्डको टिमले पनि राम्रो प्रदर्शन गरेको थियो । प्रशिक्षकका रुपमा पहिलो सिजनमा लाम्पार्डले उपाधि भने जित्न सकेनन् ।

जित निकालेको आर्सनलले आउँदो सिजन युरोपा लिगका लागि स्थान पक्का पनि गरेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : २८ बजे

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ