१० भदौ २०८३, बुधबार | August 26, 2026

बिश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आपतकालिन बैठक सम्पन्न, कोरोना माहामारी कायम रहेको निश्कर्ष



एजेन्सी । बिश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिश्वमा अहिले पनि कोरोनाको माहामारी कायम रहेको ठहर गरेको छ । कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि शुक्रबार (डब्लूएचओ)को आपतकालीन कमिटीको बैठकले अहिले पनि माहामारीको अवस्था कायम रहेको ठहर गरेको हो ।

बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानम ग्रेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा कायम रहेको बताए ।

डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो। माहामारी घोषणा गरेको ६ महिनामा विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आकलन गर्न डब्लूएचओको आपतकालीन कमिटीको बैठक बसेको महानिर्देशक डा. एडहानम ग्रेब्रियससले जानकारी दिए ।

‘धेरै देशमा कोरोना भाइरसको संक्रमण भयावह बनिरहेको छ। जहाँ संक्रमणको दोस्रो लहर देखिन थालेको छ। साताको सुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको छ।’डब्लूएचओका प्रमुख डा. टेड्रोसले भने ।

तीन महिनापछि डब्लूएचओको पुनः आपतकालनी कमिटीको बैठक बस्ने र कोरोनाको स्थिति समीक्षा गर्ने शुक्रबारको बैठकबाट तय भएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : १३ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ