१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बिश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आपतकालिन बैठक सम्पन्न, कोरोना माहामारी कायम रहेको निश्कर्ष



एजेन्सी । बिश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बिश्वमा अहिले पनि कोरोनाको माहामारी कायम रहेको ठहर गरेको छ । कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि शुक्रबार (डब्लूएचओ)को आपतकालीन कमिटीको बैठकले अहिले पनि माहामारीको अवस्था कायम रहेको ठहर गरेको हो ।

बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानम ग्रेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा कायम रहेको बताए ।

डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो। माहामारी घोषणा गरेको ६ महिनामा विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आकलन गर्न डब्लूएचओको आपतकालीन कमिटीको बैठक बसेको महानिर्देशक डा. एडहानम ग्रेब्रियससले जानकारी दिए ।

‘धेरै देशमा कोरोना भाइरसको संक्रमण भयावह बनिरहेको छ। जहाँ संक्रमणको दोस्रो लहर देखिन थालेको छ। साताको सुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको छ।’डब्लूएचओका प्रमुख डा. टेड्रोसले भने ।

तीन महिनापछि डब्लूएचओको पुनः आपतकालनी कमिटीको बैठक बस्ने र कोरोनाको स्थिति समीक्षा गर्ने शुक्रबारको बैठकबाट तय भएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : १३ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा