३ पुस २०८२, बिहिबार | December 19, 2025

अझै भेटिएनन् कोरोना पुष्टि भएका बुटवलका २ जना पुरुष, उपमहानगरमा आकस्मिक बैठक



बुटवल । कोरोना पुष्टि भएपछि सम्पर्क बाहिर पुगेका बुटवल ६ का २ जना पुरुष आज सम्म पनि फेला परेका छैनन् । शनिबार अबेर सम्मपनि उनीहरु सम्पर्कमा नआएपछि बुटवल उपमहानगर पालिकाको स्वास्थ्य शाखामा अहिले बैठक बसिरहेको छ ।

शुक्रबार आफैले लुम्बिनी प्रादेशीक अस्पतालमा स्वाव दिन पुगेका २ जना शनिबार मध्यन्ह कोरोना पोजिटिभ रिपोर्ट आएको खबर पाएसँगै सम्पर्क बाहिर पुगेका थिए । शनिबार अबेर रातीसम्म पनि उनीहरु सम्पर्कमा नआएको उप महानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए ।

अस्पतालमा बुटवल उपमहानगर ६ ठेगाना टिपाएका २ जनाले अस्पतालमा एनसेलको मोबाईल नम्बर टिपाएका थिए । कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त गर्न अन्तिम पटक अस्पतालको फोन रिसिभ गरेका उनीहरुले त्यस लगत्तै मोबाईल सम्पर्क हुन नसक्ने बनाएका थिए ।

अस्पतालले उनीहरुको स्पष्ट खुल्ने गरि ठेगाना र सम्पर्क गर्ने माध्यमको अभिलेख राख्न नसक्दा समस्या उत्पन्न भएको बताईएको छ । उनीहरु सम्पर्क बाहिर गएसँगै लुम्बिनी प्रादेशीक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमको पनि मोबाईल उठन छाडेको छ । संक्रमितहरु सम्पर्क बाहिर पुगेको खबर सार्वजानिक भए देखि नै हामीले सम्पर्क गर्न खोजेको अस्पतालका प्रवक्ता डा. गौतमको मोबाईल नम्बर ९८६३९३०१०८ शनिबार देखि उठेको छैन ।

प्रहरी श्रोतका अनुसार उनीहरुको मोबाईल लोकेशन बुटवल आसपासमा नभेटिएको पाईएको छ । उनीहरु भारत जानु अघि पीसीआर टेष्ट गर्न आफै प्रादेशीक अस्पताल पुगेको बताईएपनि उनीहरु सम्पर्क बाहिर हुँदा थप जोखिम बढ्ने देखिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ८ : ५७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको