२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

अपाङ्गता मैत्री संरचना निर्माणमा जोड



बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन । कोडिभ १९ विकासको लागि एउटा अवसर भएको भन्दै उनले अपाङ्गता मैत्री संरचना संगै सबैको लागि सहज रुपमा पहुँच पुग्ने गरी सरल विकास गर्नको लागि तिनै तहका सरकारलाई आग्रह गरे ।

बुटवलमा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीय अध्यक्ष शर्माले अपाङ्गमैत्री संरचना मात्रै नभएर सबैका लागि सजिलो विकासको अवधारणा अनुसार अगाडी बढ्नुपर्ने बेला आएको धारणा राखे ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ ले आयोजना गरेको छलफलमा बोल्दै संघीय अध्यक्ष शर्माले सरकारी निकायबाट एउटा सानो मात्रै सुधार गरेमा पनि विकास निर्माणमा सबैको सहज पहुँच स्थापित हुने धारणा राखे ।

छलफलमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ का अध्यक्ष देवीदत्त आचार्यले अपाङ्गता मैत्री संरचना र विकास स्थापित गर्नको लागि मिडिया क्षेत्रको महत्पूर्ण भुमिका हुने भन्दै यसमा सबैको विशेष सहयोग हुनुपर्ने बताएका थिए ।

उनले अपाङ्गता भएका व्याक्तिहरुको सवाल निरन्तर उठान, समस्या समाधानको लागि मिडिया नै प्रमुख हात भएको भन्दै उनीहरुको सवाल मिडियामा निरन्तर रुपमा उठाउनको लागि आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ५ सचिव हुमनाथ अधिकारीले सकारात्मक सोँचको चिन्तन विकास भएमा समाज परिर्वतनको लागि धेरै समय नलाग्ने भन्दै अपाङ्गता भएका व्याक्तिहरु प्रति गरिने व्यावहार पुर्णरुपमा परिर्वतन आउन जरुरी रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ का अध्यक्ष देवीदत्त आचार्यको अध्यक्षता संघीय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आतिथ्यता र प्रदेश ५ सचिव हुमनाथ अधिकारीको सञ्चालनमा भएको थियो ।

आईतबार बिहान राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश समिति र संघीय समितिले प्रदेश ५ का प्रदेश सभा सदस्य(सांसद)हरु संग समेत अपाङ्गता मैत्री प्रदेश निर्माणमा योगदानको विषयमा छलफल गरेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ३ : २८ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,