१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बाँकेमा थपिए १२ संक्रमित, २ जना चिकित्सक र ५ जना अदालतका कर्मचारीमा पनि कोरोना पुष्टि



नेपालगन्ज । बाँकेमा दुई जना चिकित्सक र ५ जना अदालतका कर्मचारी सहित १२ जनामा कोरोना सक्रमण देखिएको छ ।

नेपालगन्जको राँझास्थित सैनिक अस्पतालमा भएको स्वाब परीक्षणका क्रममा चिकित्सकमा कोरोना पोजेटिभ भएको बताईएको छ । सैनिक अस्पतालका अनुसार एक जना नेपालगन्ज २० का र एक जना टिकापुरका चिकित्सकलाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा जिल्ला अदालत बाँकेका ५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ ।

बाँकेमा नेपाली सेनाका डाक्टर १ जना र अदालतका ५ गरी ६ जना तथा भेरी अस्पतालको प्रयोगशालामा अन्य स्थानका ६ जना गरि १२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

भेरी अस्पतालमा रहेको कोरोना परीक्षण प्रयोगशालामा अलिलेसम्म २२ हजार ७ सय ६ वटा नमूना संकलन भैसकेको छ । २२ हजार ४ सय नमूनाको परीक्षण सकिएको छ । प्रयोगशालामा परीक्षण गरेकाहरु मध्य ८ सय८५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ३० बजे

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला

संसद बैठकअघि सभामुखले भेटे प्रधानमन्त्री, दलका नेताहरुसँग पनि गरे छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गरेका

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की,

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन