१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

जनै पूर्णिमाको महत्व र प्रचलन



हिन्दुहरूको धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णिमाका दिन अध्यायोपाकर्म, वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म९सूर्य०बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ ।

वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यस पछि जौ, तिल, कुश साथमा लिई अविच्छिन्न वंश परम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद(वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धति सहित सप्तर्षि मण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण [जनै मन्त्रने काम]गर्दछन् । आज हिन्दुहरूको महान चाडको रूपमा जनै पूर्णिमा अर्थात रक्षाबन्धनको पर्वको रूपमा परापूर्वकाल देखि मनाउदै आएको छ ।

टेकराज पन्थी

जनै पुर्णिमाको दिन मुलरुपमा ब्राहृमणहरुद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरुलाई पवित्रताको सुचक धागो बांधेर उनीहरुको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्यहिनता र असुरक्षालाई समाप्त गर्ने प्रयास गरिन्छ भनेर विभिन्न धर्म ग्रन्थमा उल्लेख भएता पनि, यसलाई विद्धान समाजमा जे जसरी लिउंन तर आफन्तको माया र पवित्रता देखाउनु नराम्रो पक्कै हैन, दिदी बैनीले दाजु भाइलाई बोलाएर जनै दिने हातमा धागो अर्थात् राखी बानी उपहार दिदै उनीहरुको सु-स्वास्थ, दिर्धायु जीवनको लागी कामना गर्दै आशीर्वाद दिने र विभिन्न थरीका खाने कुरा, ढकने[खिरको परिकार], सेलरोटी, खिचडी जस्ता खानेकुरा आजको दिनमा सबै भन्दा महत्वपूर्ण रहने भएकोले मिठो स्वादमा पकाएर दाजु भाइलाई खान दिने र हाशी खुशी खादै सबैले यो चाड मनाउने गर्दछन भने आजको दिनमा बुढापाकाले भने आफुले मान्य आफ्ना ज्वाई चेलालाइ बोलाएर ज्वाईबाट हातमा धागो बान्दै जनै फेर्ने र ज्वाईलाई टिका लगाई हातमा फल तथा दक्षिणा दिने चलन छ । हिन्दु धर्मावलम्बी ब्राह्मण बाट शुरु हुने यो चार्ड हर्ष र उल्लासका साथ आफ्नो संस्कृति र धर्मको पालना गर्दै मनाउदै आएको छ ।

चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ । खुसीयालीको चाड विशेष गरि विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका हुन्छन । अनि दिदि बहिनी हुनुहुन्छ भने आफ्ना दाजूभाइहरूका लागि राखी खरिद गरी राखी बाधीदिने प्रचलन छ । अनि दाजूभाइहरुले भने आफ्नी दिदिबहिनीहरूकालागि के कस्तो उपहार दिने भन्ने तरखर गरेका हुन्छन । हरेक चाडवाडको आ(आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन हो । ब्राह्मण र क्षेत्रीय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै अर्थात यज्ञोपवित धारण वा ग्रहण गरिन्छ ।

मन्त्रले जपेको जनै छ वटा काँचो धागो [६ सूते धागो] लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका ६ वटा घागोको डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीनवटा डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

आजको दिनको मन्त्र : ‘येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।’ अर्थात
‘जुन रक्षा ९काँचो धागो०ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।’ आजको दिनलाई नेपालभाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात ‘गुंपुन्हि’ भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ । आज विभिन्न गेडागुडी भिजाएर नेवार समुदायमा क्वाटी खाने चलन छ ।

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन्। ।

यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लगाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्रमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ । आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, गुल्मीको रेसुङ्रगा र रिडीको रिषीश्वर मठमा, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषासागर, महोत्तरीको जलेश्वरनाथमा, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरु लगायत विभिन्न धार्मिक स्थान, मठ, मन्दिर, पवित्रस्थल, नदी किनारमा मेला पनि लाग्दै आएको छ ।

विशेषतः ब्राह्मण, क्षेत्री या अन्यकुनै बैदिकधर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नाडिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नकालागि ग्रहण गर्न मन्त्रिएर तयार पारीएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकको योग मानिन्छ । परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण वा क्षेत्रीमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्तगर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ । साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँदछ । आज भोली वैदिक सनातन धर्मलाई केवल जातिय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचित कुण्ठा मात्र हो । यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशिलताको पथनै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।

यो चाडमा गेंडागुडी भिजाएर अङ्कुरित भएका गेंडागूडीबाट बनेको ूक्वाँटीू खाने चलन पनि छ । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले ‘क्वाति’ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु [मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो] गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई ून्वाँगीू भनिन्छ । देशमा हुनुहुन्छ या विदेशमा हुनुहुन्छ, परिवारसंग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न, तपाई-हामी जहाँ छौं जे गर्दैछौं आजको यो सांस्कारिक काँचो धागो वा दाजू-भाई, दिदी-बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालाई यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस ।
धर्मले संस्कार, अनुशासन, मर्यादा, जिम्मेवारीको पाठ सिकाउने गर्दछ । आजको यस पर्वले आफन्तसँग भेटघाट, भार्इचाराको विकास, संस्कारको विकास तथा उमंगको समयका रूपमा लिने गरिन्छ । कोरोनाको महामारीले गर्दा यस बर्ष भब्यरूपमा मनाउन सकिने छैन तर सामाजिक परम्परा अनुसार सामाजिकदुरी कायम गरी रक्षाबन्धन पर्व मनाउनु पर्ने अवस्था श्रृजना भएको छ । आजको यस महत्वपूर्ण पर्वको सुअवसरमा सकारात्मक सोच र आत्मियताको विकासका लागि शक्तिप्रदान गर्न सकोस भन्ने आशा एवं विश्वासका साथ सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना छ ।
(लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् । )

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ९ : ०० बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका