६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्रदेश सरकारले दियो संघिय सरकार अन्तर्गतको नेपाल प्रहरीलाई सवारी साधन



पोखरा । आवश्यक कानुन बनाउन ढिलाई गरिएका कारण छुट्टै प्रदेश प्रहरी बन्न नसकेपनि गण्डकी प्रदेश सरकारले संघिय सरकार अन्तर्गतको गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतलाई सवारी साधन उपलब्ध गराएको छ । प्रदेश सरकारले नेपाल प्रहरीको गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयले प्रयोग गर्ने गरि ४ थान टाटा पिकअप भ्यान र २८ थान विभिन्न कम्पनीका मोटरसाइकल हस्तान्तरण गरेको हो ।

पोखरामा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याललाई उक्त सवारी साधनहरू हस्तान्तरण गरेका थिए ।

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुस्तदुरुस्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाह गरी आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति गराउने उद्धेश्यले सवारी साधन उपलब्ध गराईएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुबाट उल्लेखनीय कार्य भइरहेको बताएका थिए । हस्तान्तरण गरिएका सवारी साधनले प्रहरी काम कारवाहीमा थप चुस्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुने उनले विश्वास ब्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता रहेको उल्लेख गर्दै प्रहरी ईकाइहरुलाई स्तरबृद्धि गरी साधनस्रोतले मजबुद बनाउन प्रदेश सरकार दृढ रहेको बताए ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले धन्यवाद मन्तव्य व्यक्त गर्दै हस्तान्तरित सवारी साधनले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका लागि पारदर्शिता, जवाफदेहिता र व्यावसायिकता सहित निष्ठापूर्वक कार्य सम्पादन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १० : २८ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको