७ कार्तिक २०८३, शनिबार | October 24, 2026

बाढी पहिरोको कारण तनहुँका १५६ घरपरिवार विस्थापित



तनहुँ । बाढी पहिरोका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन् ।

घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन् । त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको पालिका कार्यालयले जनाएका छन् ।

असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिरोका कारण ती घरपरिवार विस्थापित भएका हुन् । सयौ घरमा क्षति पुगेको छ ।

तनहुँमा चार नगरपालिका र छ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ ।

म्याग्दे गाउँपालिकामा ८० घरपरिवार विस्थापित भएका छन् । उनीहरु मध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ ।

गाउँपालिका–६ का १५ वर्षीया लक्ष्मी विकको पहिरोले पुरिएर ज्यान गएको थियो । पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए ।

त्यसैगरी बन्दिपुर गाउँपालिकामा १६ घरपरिवार विस्थापित भएका छन् । पहिराले ३० घरमा आँशिक क्षति पुगेकोे गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । पूर्ण क्षति भएका परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन् । थापाले भने, “पुर्ण रुपमा घर क्षति भएकालाई रु।३० हजार र राहत दिइएको छ ।”

पहिराले उच्च जोखिम र आँशिक क्षति पुगेकालाई दश हजार र बाढीले कटान र बगर बनाएको खेतलाई प्रतिरोपनी दुई हजार प्रदान गरिएको छ । यसैगरी देवघाट गाउँपालिकामा १५ परिवार छिमेकीको घरमा सुरक्षित बस्दै आएका छन् । मानवीय क्षति नभएपनि फलफूल र खेतीबालीमा धेरै क्षति भएको अध्यक्ष दुर्गबहादुर थापाले बताए ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा १३ परिवार छिमेकीको घर र सामुदायिक भवनमा शरण लिएर बस्दै आएका छन् । शुक्लागण्डकीको बाह्र मध्ये २,४,५ र ८ वडामा पहिराले क्षति नभएको र अन्य आठ वडामा क्षति पुगेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।

नगरपालिकामा मानवीय क्षति नभएपनि सबै वडामा चार वटा टोली बनाएर बाढी पहिरोले पु-याएको क्षतिको विवरण सङ्कलन गरिएको छ । त्यसैगरी भानुनगरपालिकाको वडा नं २ र ३ मा गरी १० घरपरिवार पहिराको उच्च जोखिममा रहेकोले स्थानीय छिमेकीको घरमा बस्दै आएका छन् ।

आँबुखैरेनी गाउँपालिमा सात घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । वडा नं १, २ र ६ का ७ घरपरिवार कोही छिमेकीको घरमा र कोही सामुदायिक भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । त्यसैगरी व्यासनगरपालिकामा ६ घरपरिवार विस्थापित भएका छन् ।

करिब ५० घर उच्च जोखिममा रहेको नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन प्रमुख विमल गिरीले जानकारी दिए । उनले भने, “यस नगरपालिकामा पहिरामा परेर पाँच जनाले ज्यान गुमाएका छन् ।”ऋषिङ गाउँपालिकामा– ६ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

उक्त वडाको ऋषिङ—८ भैसीकिली निवासी अम्बरबहादुर थापाको पाँच जनाको पहिरामा परेर मृत्यु भएको थियो । त्यसैगरी भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले ती घर परिवार विस्थापित भएको बताए ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  १२ : ४४ बजे

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र

सरकारका गलत काम टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले दुई

मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो

मुस्ताङ । दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको

भोजपुरका किसानलाई धान थन्काउन चटारो

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले