१४ फाल्गुन २०८२, बिहिबार | February 26, 2026

स्थानीय तहका फ्रन्ट लाईनका कर्मचारीमा धमाधम संक्रमण पुष्टि, नेपालगन्जमा स्थानीय ब्यवसायीमा पनि संक्रमण देखिन थाल्यो



नेपालगन्ज । बाँकेमा आज फेरी ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसिआर परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९ जना बाँकेका हुन् भने २ जना सल्यानका हुन् । आज संक्रमण पुष्टि भएकाहरुमा ९ जना नेपालगन्जका स्थानीय बासिन्दा भएका स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

पछिल्लो पटक संक्रमण पुष्टि भएकाहरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१ का २ जना, वडा नम्बर–४ का २ जना, वडा नम्बर २० का २, वडा नम्बर १० का १, वडा नम्बर १४ का १, वडा नम्बर १७ का १ जना रहेका छन् । वडा नम्बर १० मा ३० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार पछिल्लो ११ जना कोरोना संक्रमितमा अधिकांश स्थानीय तहका कर्मचारी रहेको पाइएको छ ।
आज पुष्टि भएका वडा नं. १४ र १८ नम्बरका दुई जना वडा सचिव, नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत, सरसफाई शाखा प्रमुख, आइटी अधिकृत, वडा कार्यालयका कम्प्यूटर अपरेटर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनले १ जना जग्गा व्यवसायी र १ जना मार्बल टायल पसलेमा पनि संक्रमण पुष्टि भएको जानकारी दिए ।
आज पुष्टि भएका संक्रमितको स्वाव केही नेपालगञ्ज उपमहानगरपालिका कार्यालय र केहीको नगर भवनमा संकलन गरिएको थियो ।

भेरी अस्पताल नेपालगन्जले पछिल्लो पटक सय जनाको पीसिआर परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ४ : ०५ बजे

दाङ-२ का लागि एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार

‘तारा’ चिन्हमा मतदान गर्न नेकपाको अपिल (पूर्णपाठसहित)

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा आफ्नो पार्टी र

सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ : रवि लामिछाने

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

भदौ २३-२४ को जस्तो आन्दोलन र विध्वंस दोहोरिन नदिन कांग्रेस प्रतिवद्ध छ : गगन थापा

सुर्खेत। नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान निर्वाचन कुनै दलको

सुप्रिम सहकारी पीडितको व्यथा : जीवनभरको कमाइ गुमाएका पीडित त्रासमा मौन

बुटवल । बुटवलस्थित सुप्रिम सहकारीको बचत अपचलन प्रकरणमा रकम गुमाएका