१० भदौ २०८३, बुधबार | August 26, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण, उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई क्वारेन्टिन बस्न बाध्य नपारिने



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारमा आएका बिरामीमा कोरोना पुष्टि भएको छ । अस्पतालमा भर्ना भएर उपचार गराइरहेका कपिलवस्तुका एक जना बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुबाट निमोनियाको उपचार गर्न अस्पताल आएका २२ वर्षिय पुरुषलाई आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर सोमबार साधारण बेडमा सारिएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

प्रादेशिक अस्पतालको प्रयोगशालामै भएको परीक्षणमा अस्पतालमा उपचाररत कपिलवस्तुका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता डा. गौतमका अनुसार निमोनियाको उपचारका क्रममा केहि कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनको स्वाव संकलन गरि कोरोना परीक्षण गरिएको थियो ।

अस्पतालमा नै उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपनि यसपटक अस्पतालले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा बस्न बाध्य नपार्ने भएको छ ।

मास्क, पञ्चा र एप्रोन लगाएर उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमा जान आवश्यक नरहेको अस्पतालका प्रवक्ता डा. गौतमले बताए । ‘घरमा साना बाच्चाहरु भएका वा आफुलाई असुरक्षित महसुस गरेका स्वास्थ्यकर्मी भने अस्पताल भित्रै क्वारेन्टिनमा बस्न सक्ने छन्’, उनले भने ।

प्रवक्ता गौतमले प्रादेशिक अस्पतालको प्रयोगशाला सोमबार गरिएको परीक्षणमा रुपन्देहीको तिलोत्तमा र स्याङ्जाका एक–एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको बताए ।

तिलोत्तमाका संक्रमित कपिलवस्तु स्थित एक मेडिकलमा औषधि किनेका र मेडिकलका सञ्चालकका छोरीहरुमा कोरोना संक्रमण भएको भन्ने थाहा पाए लगत्तै पीसीआर परीक्षण गराउन अस्पताल आएको उनले बताए ।

उनले स्याङ्जाका संक्रमितको यात्रा अभिलेखमा बिदेशबाट आएको देखिएको बताए । संक्रमित आफैं पीसीआर परीक्षण गराउन अस्पतालको ल्याबमा आएका थिए । संक्रमितहरु सबैलाई आइसोलेसनमा राखेर उपचार थालिएको डा. गौतमले बताए ।

डा. गौतमका अनुसार तीन जनामा कोरोना संक्रमण पुष्टि भएलगत्तै सबै निकायहरुमा जानकारी गराएर कन्ट्याक्ट ट्रेसिङको काम अघि बढाईएको छ भने अस्पताललाई सेनिटाइज्ड गरेर सबै सेवा सुरु गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ०० बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ