२१ आश्विन २०८३, बुधबार | October 7, 2026

राजश्व अनुसन्धान बुटवलका प्रमुख २ लाख घुस लिँदै गर्दा पक्राउ, घुस दिने ब्यापारी पनि पक्राउ



बुटवल । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख बिजय राना सेवाग्राहीसँग घुस लिंदालिंदै अख्तियारको फन्दामा परेका छन् । उनलाई घुस दिने स्थानीय उद्योगी पनि राना सहित पक्राउमा परेका छन् । रुपन्देहीका गुटखा उद्योगी तथा चिनी ब्यवसायी अनिल कुमार झाले प्रमुख अनुसन्धान अधिकृत रानालाई घुस दिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

बेलवास स्थित राजश्व अनुसन्धान कार्यालयमा गुटखा ब्यापारीसँग मासिक घुस रकम बापत २ लाख रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलिले पक्राउ गरेको अख्तियार बुटवलका प्रमुख डाक्टर भिष्मकुमार भूषालले बताए ।

मासिकरुपमा सुर्ति,तथा गुट्खा ब्यापारीसँग रकम बुझ्दै आएका रानाले आज सेवाग्राही ब्यापारीलाई रकम बुझाउन कार्यालयमा बोलाएको र बिशेष सुचनाका आधारमा अख्तिायारको टोलिले घुस रकम लिने दिने गरिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  २ : २८ बजे

संसदीय टोली विपद् प्रभावित क्षेत्रको अवलोकन गर्दै

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

मुस्ताङ । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालिको दसैँलाई लगायतका चाडपर्वलाई लक्षित

कांग्रेसको बन्दसत्र सबैका लागि खुला, प्रत्यक्ष प्रसारण गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द