२७ भदौ २०८३, शनिबार | September 12, 2026

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा सरकारको समीक्षा गर्नेभन्दा पनि सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्।

सुनसरीको देवानगञ्ज घटनापछि बुधबार आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री र सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको उल्लेख गर्दै अहिले नै सरकारबारे निष्कर्ष निकाल्ने वा समीक्षा गर्ने अवस्था नरहेको बताए।

‘प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिरहनुभएको छ, गृहमन्त्रीले पनि आफ्नो दायित्व निर्वाह गरिरहनुभएको छ। अहिले हामी सरकारको समीक्षा गर्ने विन्दुमा पुगेका छैनौँ। उहाँहरूले आफ्नो जिम्मेवारी पूरा गर्नुहुनेछ भन्ने विश्वास छ’, उनले भने।

लामिछानेले अप्ठ्यारो परिस्थितिमा मुलुकलाई निकास दिन सबै राजनीतिक दलबीच सहकार्य, समझदारी र जिम्मेवार राजनीतिक संस्कार आवश्यक रहेको बताए। उनले रास्वपासहित सबै दल सामाजिक सद्भाव र राष्ट्रिय एकताका पक्षमा उभिएको स्पष्ट पारे।

सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे उठेको प्रश्नको जवाफ दिँदै उनले उक्त बैठक दलका शीर्ष नेताहरूबीचको भएकाले सरकारको प्रतिनिधित्व रास्वपाका उपसभापति तथा उपप्रधानमन्त्री स्वर्णिम वाग्लेले गरेको बताए।

‘यो नितान्त दलका शीर्ष नेताहरूको बैठक हो। सरकारको प्रतिनिधित्व स्वर्णिम वाग्लेबाट भएको छ। हामी सबै दलले जिम्मेवार ढंगले शान्ति, सद्भाव र सामाजिक एकताका पक्षमा संयुक्त अपिल गरेका छौँ’,  उनले भने।

सुनसरीको घटनालाई सबै राजनीतिक दलले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै लामिछानेले अहिले आरोप–प्रत्यारोप वा कसले के बोल्यो भन्नेभन्दा पनि समाजमा सद्भाव कायम राख्नेतर्फ ध्यान दिनुपर्ने धारणा राखे।

‘अहिले चर्का कुरा गर्ने समय होइन। कसले बोल्यो, कसले बोलेन भन्ने विषय पनि होइन। सबैभन्दा महत्वपूर्ण कुरा सामाजिक सद्भाव नबिग्रियोस् भन्ने हो’,  उनले भने।

उनले विगतका आन्दोलन र वर्तमान अवस्थाबीच फरक रहेको उल्लेख गर्दै नागरिकको ज्यान गएको घटनालाई सबै पक्षले अत्यन्त गम्भीर रूपमा लिनुपर्ने बताए।

लामिछानेका अनुसार सर्वदलीय बैठकले शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै राजनीतिक दलको तर्फबाट संयुक्त अपिल जारी गर्ने निर्णयसमेत गरेको छ। साथै उनले घटनाको प्रारम्भिक चरणमै सरकारबारे कुनै निष्कर्षमा नपुग्न आग्रह गर्दै सरकारले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ११ : २५ बजे

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु । शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई