१३ श्रावण २०८३, बुधबार | July 29, 2026

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै



काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक सहभागितालाई प्रवर्द्धन गर्दै आएको काठमाडौं युथ कन्क्लेभको यस वर्षको संस्करण ‘Tribute to Gen Z Heroes’ मुख्य थिमसहित आगामी साउन १६ गते शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुँदैछ।

आयोजकका अनुसार यस वर्षको कन्क्लेभ गत भदौमा भएको न्भल श् आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै आन्दोलनमा घाइते भएकाहरूको साहस र योगदानको सम्मान गर्दै आयोजना गर्न लागिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुनेछन्। त्यसैगरी, विश्वका १४ वटै ८,००० मिटरभन्दा अग्ला हिमाल सफल आरोहण गर्नुका साथै के–टु  हिमालको ऐतिहासिक शीतकालीन आरोहण गर्ने पर्वतारोही तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पालाई KYC Youth Icon का रूपमा सम्मान गरिनेछ।

कन्क्लेभमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, कथावाचक साइग्रेस पोखरेल, डान्सर तथा मोडल कविता नेपाली, नायक पारस बम, गायक–संगीतकार एसटी म्यान, गायक बृजेश श्रेष्ठ, उद्यमी खेम संग्रौला, कन्टेन्ट क्रिएटर कुसुम नेपाल, गायिका अस्मिता अधिकारी, गायक महेश काफ्ले तथा हास्यकलाकार मेक्सम गौडेल लगायतको सहभागिता रहनेछ। कार्यक्रमको सञ्चालन प्रिया सिग्देल र जय प्रधानले गर्नेछन्।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र आर्यन स्कुल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट को संयुक्त आयोजनामा हुने कन्क्लेभको टाइटल स्पोन्सर Expert Education & Visa Servicesरहेको छ। Ncell Foundation ले कार्यक्रमलाई सहयोग गरेको छ भने न्यिदबGlobal IME Bank, Red Bull Nepal, Khalti, National Pathlab र ACCA क्रमशः बैंकिङ, इनर्जी, वालेट, डायग्नोस्टिक तथा एजुकेसन पार्टनरका रूपमा रहेका छन्।

कार्यक्रममा करिब ५ हजारबढी युवा तथा विद्यार्थीहरुको सहभागीता हुने आयोजकले विश्वास लिएको छ। साथै, कार्यक्रमको प्रत्यक्ष प्रसारण Paradym TV को युट्युब च्यानल मार्फत हुनेछ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  १२ : ३२ बजे

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक

सामाजिक सद्भाव जोगाउन एकजुट हुन सर्वदलीय अपिल, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

काठमाडौं। सुनसरीसहित देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमले

सानेपा पुगेर गोपालमानलाई श्रद्धान्जली दिए रवि प्रचण्डसहितका नेताहरुले

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपानमान श्रेष्ठको पार्थीव शरीर श्रद्धान्जलीका

अहिले सरकारको समीक्षा गर्ने होइन, सामाजिक सद्भाव जोगाऔँ : रवि

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा