२० आश्विन २०८३, मंगलबार | October 6, 2026

काश्मिरी जनताको पक्षमा पाकिस्तान सधैं खडा हुन्छ : डा. मजहर जावेद, पाकिस्तानी राजदूत



काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गरेका छन् ।

भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा भएका सन्दर्भमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आयोजना गरेको कार्यक्रममा राजदूत जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्न आग्रह गरेका हुन् ।

दूतावासभित्रै आयोजित कार्यक्रममा जावेदले अन्तराष्ट्रिय समुदायले विवादित क्षेत्र भनेर स्वीकार गरेको काश्मिर समस्याको शीघ्र समाधान खोजिनुपर्नेमा जोड दिए ।

राजदूत जावेदले बितेका एक वर्षमा भारत प्रशासित काश्मिरमा मानवाधिकार उल्लङ्घनका धेरै घटना भएका र त्यसको जानकारी अन्तरराष्ट्रिय समुदायलाई समेत भएको जिकिर गरे । जावेदले काश्मिरीको आत्मनिर्णयको अधिकारको सुनिश्चितता तथा निष्पक्ष एवं स्वतन्त्र जनमत सङ्ग्रहका लागि सघाउन अन्तराष्ट्रिय समुदायसँग आग्रह पनि गरे ।

जावेदले काश्मिरी जनताको पक्षमा पाकिस्तान सधैंभर उभिने प्रतिवद्धता दाहो¥याए । उनले भने, “दक्षिण एशियाको शान्ति, प्रगति र स्थायित्वका निम्ति काश्मिर समस्याको शीघ्र समाधान हुनुपर्छ, काश्मिरी जनतासँग पाकिस्तान सरकारको समर्थन छ”

७० वर्षदेखिको द्विपक्षीय समस्याले दक्षिण एशियामा अस्थिरता निम्तिएको बताउँदै जावेदले गत वर्षको अगष्ट ५ तारिखदेखि आजसम्म भारतले काश्मिरमाथि गरेको दमनको फेहरिस्त प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सङ्घका महासचिव मञ्जुरत्न शाक्यले वार्ताका माध्यमबाट समस्याको निकास खोज्न भारत सकारात्मक हुनुपर्ने बताए ।

भारतले गतवर्ष जम्मु–काश्मिरको विशेषाधिकार रहेको संविधानको धारा ३७० हटाएको थियो । त्यसँगै अगष्ट ४ बाट काश्मिरमा सबैप्रकारको संचार सुविधा कटौती गर्दै त्यहाँका विपक्षी दलहरुलाई नजरबन्दमा राखेको थियो ।

भारतले काश्मिरमा मानवअधिकारको गम्भीर उल्लंघन गरेको भन्दै अन्तराष्ट्रिय समुदायबाट ब्यापक आलोचना भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ३ : ५८ बजे

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि