१७ आश्विन २०८०, बुधबार | October 4, 2023

लकडाउन कडा गर्न विज्ञहरूको सुझाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरूले पुनः कडा लकडाउन गर्न वा २१ दिनसम्म कर्फ्यु लगाउन सुझाएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढेसँगै प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञसहित केही राजनीतिक दलका नेतृत्वसँग मंगलबार छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरूले कोरोनाको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कफ्यु लगाउनेसम्मका सुझाव आएको जानकारी दिए । ‘विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थान सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन्,’ उनले भने ।

सल्लाहकार थापाले अस्पतालमा पूर्वाधार बढाउन आइसियू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिएको जानकारी दिए । प्रधानमन्त्रीले विभिन्न खाले सुझाव आएकामा सरकारले आवश्यक र जायज सुझाव कार्यान्वयन गरी अगाडि बढ्ने र सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने बताएका थिए ।

छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले देशमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल भएको जानकारी दिए । उनले परीक्षणको दायरा व्यापक बढाएर संक्रमित क्षेत्रलाई आवश्यकताअनुसार कडाइ गर्ने वा दुई साता लकडाउन गर्ने, लकडाउन प्रभावकारी नभएमा कर्फ्यु लगाउने वा संक्रमित क्षेत्रलाई सिल गर्ने जस्ता सुझाव दिएको बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ११ बजे

बुटवल उपमहानगरपालिकालाई २ दर्जन सुझावसहित एमालेको ध्यानाकर्षण पत्र

बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले विभिन्न २४ बुँदे

झडपमा तीन सुरक्षाकर्मीसहित १३ घाइते, नेपालगन्जमा सेना परिचालन

नेपालगन्ज । बाँकेको नेपालगन्जमा जारी निषेधाज्ञाका क्रममा आज केही स्थानमा

CNI suggests IMF not to influence Nepal’s policy making

Kathmandu: The Confederation of Nepalese Industries (CNI) has suggested the

अर्थमन्त्री र एमसीसीका सीईओबीच भेट

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महत र अमेरिकी सहयोग परियोजना

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले चाडपर्वमा खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव