२१ भदौ २०८३, आइतबार | September 6, 2026

लकडाउन कडा गर्न विज्ञहरूको सुझाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरूले पुनः कडा लकडाउन गर्न वा २१ दिनसम्म कर्फ्यु लगाउन सुझाएका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढेसँगै प्रधानमन्त्री ओलीले जनस्वास्थ्य विज्ञसहित केही राजनीतिक दलका नेतृत्वसँग मंगलबार छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरूले कोरोनाको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कफ्यु लगाउनेसम्मका सुझाव आएको जानकारी दिए । ‘विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थान सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन्,’ उनले भने ।

सल्लाहकार थापाले अस्पतालमा पूर्वाधार बढाउन आइसियू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिएको जानकारी दिए । प्रधानमन्त्रीले विभिन्न खाले सुझाव आएकामा सरकारले आवश्यक र जायज सुझाव कार्यान्वयन गरी अगाडि बढ्ने र सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने बताएका थिए ।

छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले देशमा बढिरहेको कोरोना संक्रमण नियन्त्रणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल भएको जानकारी दिए । उनले परीक्षणको दायरा व्यापक बढाएर संक्रमित क्षेत्रलाई आवश्यकताअनुसार कडाइ गर्ने वा दुई साता लकडाउन गर्ने, लकडाउन प्रभावकारी नभएमा कर्फ्यु लगाउने वा संक्रमित क्षेत्रलाई सिल गर्ने जस्ता सुझाव दिएको बताए । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : ११ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका