१८ चैत्र २०८२, बुधबार | April 1, 2026

एफएनसीसीआई निर्वाचनको मोडालिटी बनाउन समिति गठन, विद्युतीय मतदानको तयारी गरिँदै



काठमाडौं। विभिन्न दाउपेच र बहाना गर्दै पटक पटक स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो वर्षिक साधारणसभा र नयाँ कार्यकालका लागि निर्वाचनको मोडालिटी तय गर्न समिति गठन गरेको छ ।

बुधबार भएको कार्यसमिति बैठकले ६ सदस्यीय समिति बनाउने निर्णय गरेको हो।

कोरोना संक्रमणका कारण देखाउँदै महासंघको साधारणसभा पटकपटक स्थगित हुँदै आएको छ।

१५ दिनभित्र साधारणसभा र चुनाबको मोडालिटी तयार पारेर कार्यसमितिमा प्रस्तुत गर्ने गरि कार्यकारिणी सदस्यहरु अरुण सुमार्गी, बिनोद ढकाल, रञ्जित आचार्य, भरत आचार्य, डीबी बस्नेत र सुनिलगोपाल श्रेष्ठ रहेको समिति गठन गरिएको महासंघले जनाएको छ ।

समितिले सिफारिस गरेको मोडालिटीलाई कार्य समितिबाट पारित गरेर साधारण सभा सञ्चालनको स्वीकृतीका लागि सरकारसँग अनुमति माग्ने निर्णय भएको बैठकमा सहभागि एफएनसीसीआईका सदस्यले बताए ।

एफएनसिसिआईमा एक पक्ष निर्वाचनलाई टार्ने र पछि धकेल्ने पक्षमा देखिएको छ भने अर्को पक्ष यथासिघ्र निर्वाचन गराएर नयाँ नेतृत्व चयन गर्नु पक्षमा उभिएको छ ।

महासंघको अनिश्चित निर्वाचनका लागि चन्द्र ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गर्दै चुनावी लबिङ सुरु गरिसकेका छन् ।

कोरोना संक्रमण रहिरहने अवस्था देखिएपछि साधारणसभामा कम सहभागिता गराउने र चुनाब समेत विद्युतीय मतदानमा जाने विषयमा कार्यसमितिमा छलफल भएको महासंघ स्रोतले बताएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : १७ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको

कांग्रेस अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ

रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी । रणवाङ-दरुङ-हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ । एक