१० भदौ २०८३, बुधबार | August 26, 2026

बुटवलमा समुदायमा कोरोना परीक्षण सुरु, बुधबार २३४ जनाको स्वाव संकलन, समुदायमा कोरोनास्तर मापन हुने विश्वास



बुटवल । कोरोना भाइरसको महामारी फैलिएदेखि नै सबैभन्दा ठूलो संख्यामा बुटवल उपमहानगरबाट समुदास्तरमा स्वाव संकलन गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले रुपन्देहीलाई समुदाय स्तरमा कोरोना परीक्षण गर्नुपर्ने जिल्लामा वर्गीकरण गरेलगत्तै उपमहानगरबाट ठूलो संख्यामा स्वाव संकलन गरिएको हो ।

उपमहानगरको लुम्बिनी प्रादेशीक अस्पतालमा गरिएको स्वाव संकलनमा आज २ सय ३४ जनाको स्वाव संकलन गरिएको थियो ।

समुदायमा परीक्षण गर्ने निर्णय अनुसार आज विविध पेशा व्यवसायका व्यक्तिहरुको स्वाव संकलन गरिएको थियो ।

बुधबार संकलन गरिएको स्वावको रिपोर्टले रुपन्देही र बुटवलको वुटवलको अवस्थावारे जानकारी हुने विश्वास लिईएको छ ।

कोरोना समुदायमा छ या छैन भन्ने वारेमा आँकलन गर्न तथा प्रदेश ५ मा परीक्षणको दायरा फराकिलो बनाउन समुदायमा परीक्षण सुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए ।

ुबेसलाईनको खोजि भएन भन्ने आलोचनालाई सम्बोधन गर्दै समुदायमा परीक्षण सुरु गरिएको होु, उनले भने ।

अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३ जनाको रिपोर्ट पोजिटिभ आएको डा। गौतमले बताए ।

अस्पतालबाट पोजेटिभ आएका मध्य आज पनि १ जना सम्पर्क बाहिर रहेको उनले जानकारी दिए ।

यसअघि कोरोना पुष्टि भएका २ जना पनि पुष्टि भए लगत्तै सम्पर्कबिहीन भएका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  १० : ११ बजे

भोटेकोशी बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंंमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका

पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय

ललितपुर । नेपाली कांग्रेसले पार्टीका सबै कार्यक्रम रोकेर राहत र

संसदलाई सरकारको जवाफ – हिमपहिरोपछि भोटेकोशीमा बाढी आयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको ठूलो बाढीका

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्न रवि लामिछानेको आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक

भोटेकोशी बाढी : ३८४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन