१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कोरोना संक्रमितले अब सशस्त्र प्रहरी अस्पतालबाट पनि आइसीयू सेवा पाउने



काठमाडौं । कोरोना संक्रमणका कारण सिकिस्त भएका बिरामीले अब सशस्त्र प्रहरीको अस्पतालबाट पनि सेवा पाउने भएका छन् ।

बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले कोभिड १९ को उपचारको लागि २० शैय्याको आइसीयू संचालनमा ल्याएको छ।

कोभिड–१९ उपचारका लागि नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आईसीयू भवन र मोलिकुलर ल्याबको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उदघाटन गरेका छन्।

सशस्त्र प्रहरीले कोभिड–१९ को उपचारको लागि भन्दै २० शैय्याको आइसीयू भवन र मोलिकुलर ल्याब निर्माण गरेको जनाएको छ ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले नागरिकलाई महामारीको बेलाप्रदान गर्नुपर्ने सेवा र सुरक्षाका लागि अग्रपङ्तीमा रहन मातहतका निकाएलाई निर्देशन दिए । उनले महामारीका बेलाको सेवा अति नै महत्वपूर्ण हुने भन्दै स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखी अहोरात्र बिरामीको सेवामा क्रियाशील रहन अस्पतालका चिकित्सकहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ यूनिफाइड अस्पताल निर्देशन समितिका अध्यक्ष डाक्टर रोशन पोख्रेलले कोभिड–१९ महामारीको बेला रोगको पहिचान तथा सीघ्र उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले एपीएफ अस्पतालमा आइसीयू भवन र मोलिकुलर ल्याबको स्थापना भएको बताए।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा