२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

बाँकेमा पछिल्लो २४ घण्टामा २८ संक्रमित थपिए, कुल संक्रमितको संख्या ४९८ पुग्यो



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा २८ जना नयाँ संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा एक चिकित्सकसहित थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कार्यरत एक चिकित्सक रहेका छन् । २८ जना मध्य २५ जना नेपालगन्ज उपमहानगरका स्थानीय हुन् भने ३ जना खजुरा गाँउपालिकाका हुन् । आज पुष्टि भएका संक्रमितमा १३ जना कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा संक्रमित भएका हुन भने बाँकी १५ जना जनप्रतिनिधि, सरकारी कर्मचारी, सञ्चारकर्मी, चिकित्सक, नगर प्रहरी र सरसफाईकर्मी रहेका छन् ।

यस्तै भेरी अस्पताको प्रयोगशालामा परीक्षण गरिएकोमा बर्दियाका १४ जना र कैलालीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालले बिहीवार जारी गरेको सूचना अनुसार पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमूना परीक्षण गर्दा बाँके र बर्दियाका गरी ४२ जनामा कोरोना देखा परेको हो ।

बाँकेमा हाल सम्म ४९८ जनामा कोरोन पुष्टि भएको छ । पुष्टि भएका संक्रमितहरुमा क्वारेन्टाइनमा बसेका ३९२ जनामा र समुदायबाट संकलन गरिएको नमुनामा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । अहिले बाँकेका बिभिन्न आइसोलेशनमा १०२ जनाको उपचार चलिरहेको छ ।

संक्रमित थपिँदै गए पछि स्थानीय प्रशासनले ३ दिनको लागि जारी गरेको निषेधआज्ञा शनिबार सम्मका लाथि थप गरेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ९ : १४ बजे

ओझलमा ऐतिहासिक ढोलथान

म्याग्दी । बाइसे चौबिसे राज्यताका पर्वते राजाको ग्रीष्मकालीन प्रशासनिक केन्द्र

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस

स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व बढाउन बहस सुरु

बुटवल । संविधानले हरेक तहमा ३३ प्रतिशत सहभागिता अनिवार्य गरेपछि