५ पुस २०८२, शनिबार | December 20, 2025

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना



काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेको छ ।

जसअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा हल्का बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ६ बजे मापन गरिएको रेकर्ड अनुसार पछिल्लो ३ घण्टामा धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुङगा, सिन्धुली र आसपासका क्षेत्रमा मध्ययम बर्षा भएको छ ।

ती जिल्ला र आसपासका क्षेत्रबाट बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ भने तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक, दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ४५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता