१ कार्तिक २०८३, शनिबार | October 17, 2026

कोरोना संक्रमित नै तरकारी बेच्दै



विराटनगर । विराटनगर महानगरपालिकामा तरकारी एवं फलफूलको व्यापार गर्दै आएका व्यापारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट बुधबार साँझतिर विराटनगर महानगरपालिका–१७ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गर्नलाई उनको खोजीका लागि प्रहरी चौकी मटेरुवा र नगर रक्षकको अलग/अलग टोली परिचालित गरिएको थियो ।

वडाअध्यक्षलाई खवर गरेर प्रहरी सहायक निरीक्षक ताराबहादुर बस्नेतको टोली घरमै पुग्यो । तर उनी घरमा भेटिएनन् । परिवारका सदस्यबाट नम्बर लिएर फोन गर्दा पनि सम्पर्क हुन सकेन । धेरै समयको प्रयासपछि सम्पर्क हुँदा उनी विराटनगर–११ मा रहेको नयाँ गुद्री बजारमा तरकारी बेचिरहेका थिए ।

उनी गुद्री बजारमा तरकारी बिक्री गरिरहेका छन् भन्ने सुनेर उपचारका लागि लैजान नगर प्रहरीका निरीक्षक राजन पौडेलको नेतृत्वमा नगर रक्षकको टोली पुग्यो । टोली पुग्दा उनले काम गर्ने पसलमा तरकारी किन्नेको भीडभाड थियो । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ७ : ०४ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ