५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चिनियाँ प्रविधिको विकासबाट अत्तालिएको अमेरिकाले लगायो ‘टिक टक’ र ‘वीच्याट’माथि प्रतिबन्ध



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ भिडिया ऐप टिक टक र वीच्याटमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

यो प्रतिबन्ध आगामी ४५ दिनभित्र लागु हुने बताइएको छ । राष्ट्रपति ट्रम्पले भनेका छन् कि अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा यो फैसला लिइएको हो ।

ट्रम्पको यो कार्यकारी आदेश अनुसार अब ४५ दिनमा टिक टकको संचालक कम्पनी बाइट डान्ससँग कुनै पनि व्यापारिक साझेदारी र कारोबारमा रोक लाग्नेछ । आदेशमा भनिएको छ अमेरिकाको सुरक्षाको लागि टिक टकका मालिक विरुद्ध आवश्यक कदम उठाउन जरुरी छ ।

अमेरिकाकै कम्पनी माइक्रोसफ्टले अमेरिकामा टिकटकको कारोबार खरिद गर्न चाहेको थियो । तर, प्रतिबन्ध लागेपछि माइक्रोसफ्टको टिकटक खरिद गर्ने योजना सफल नहुने देखिएको छ ।

यस्तै, राष्ट्रपति ट्रम्पले अर्को एक कार्यकारी आदेश जारी गर्दै लोकप्रिय सामाजिक सञ्जाल वीच्याटमाथि पनि प्रतिबन्ध लगाउने आदेश जारी गरेका छन् ।

वीच्याटको संचालक कम्पनी टेन्सेन्ट रहेको छ । ट्रम्पको आदेशपछि टेन्सेन्टको सेयरमा गिरावट आएको छ । केही दिन अघि मात्र टेन्सेन्ट अमेरिकी कम्पनी फेसबुकभन्दा बढी मूल्यवान कम्पनी बनेको थियो ।

सूचना एवं सञ्चार प्रविधि एवं सेवाको सप्लाई चेनसँग सम्बन्धित राष्ट्रिय संकटकालको सामना गर्न चिनियाँ ऐपमाथि प्रतिबन्ध लगाउनुपरेको ट्रम्पले दाबी गरेका छन् ।

अमेरिकामा चिनियाँ मोवाइल ऐपहरु अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति एवं अर्थव्यवस्थाका लागि खतरा बनेको ट्रम्पले उल्लेख गरेका छन् ।
दुवै एपका संचालक या सहयोगी कम्पनीसँग कुनै पनि लेनदेनमा प्रतिबन्ध लागेको छ ।

अमेरिकामा टिकटक निकै लोकप्रिय रहेको थियो । झण्डै ८ करोड अमेरिकी युवाले टिकटक प्रयोग गर्ने गरेका छन् । जसमध्ये अधिकांश २० वर्ष मुनिका रहेका छन् ।

चीनको बढ्दो प्राविधिक विकासबाट तनाबमा परेको अमेरिकाले चीनको अर्थव्यवस्थालाई डामाडोल बनाउन सम्भव भएसम्मका सबै उपायहरु अपनाउँदै आएको छ ।

टेलिकम्युनिकेशन कम्पनी हुवावेबाट सुरुभएको अमेरिकी आक्रमण टिकटक र वीच्याटसम्म आइपुगेको छ । अमेरिकाले आफ्नो पछि लाग्ने देशहरुलाई पनि चिनियाँ प्रौद्योगिक कम्पनीहरु विरुद्ध कडा कारवाही गर्न गर्न दबाब दिँदै आएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ५२ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान