५ पुस २०८२, शनिबार | December 20, 2025

चिनियाँ प्रविधिको विकासबाट अत्तालिएको अमेरिकाले लगायो ‘टिक टक’ र ‘वीच्याट’माथि प्रतिबन्ध



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ भिडिया ऐप टिक टक र वीच्याटमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

यो प्रतिबन्ध आगामी ४५ दिनभित्र लागु हुने बताइएको छ । राष्ट्रपति ट्रम्पले भनेका छन् कि अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा यो फैसला लिइएको हो ।

ट्रम्पको यो कार्यकारी आदेश अनुसार अब ४५ दिनमा टिक टकको संचालक कम्पनी बाइट डान्ससँग कुनै पनि व्यापारिक साझेदारी र कारोबारमा रोक लाग्नेछ । आदेशमा भनिएको छ अमेरिकाको सुरक्षाको लागि टिक टकका मालिक विरुद्ध आवश्यक कदम उठाउन जरुरी छ ।

अमेरिकाकै कम्पनी माइक्रोसफ्टले अमेरिकामा टिकटकको कारोबार खरिद गर्न चाहेको थियो । तर, प्रतिबन्ध लागेपछि माइक्रोसफ्टको टिकटक खरिद गर्ने योजना सफल नहुने देखिएको छ ।

यस्तै, राष्ट्रपति ट्रम्पले अर्को एक कार्यकारी आदेश जारी गर्दै लोकप्रिय सामाजिक सञ्जाल वीच्याटमाथि पनि प्रतिबन्ध लगाउने आदेश जारी गरेका छन् ।

वीच्याटको संचालक कम्पनी टेन्सेन्ट रहेको छ । ट्रम्पको आदेशपछि टेन्सेन्टको सेयरमा गिरावट आएको छ । केही दिन अघि मात्र टेन्सेन्ट अमेरिकी कम्पनी फेसबुकभन्दा बढी मूल्यवान कम्पनी बनेको थियो ।

सूचना एवं सञ्चार प्रविधि एवं सेवाको सप्लाई चेनसँग सम्बन्धित राष्ट्रिय संकटकालको सामना गर्न चिनियाँ ऐपमाथि प्रतिबन्ध लगाउनुपरेको ट्रम्पले दाबी गरेका छन् ।

अमेरिकामा चिनियाँ मोवाइल ऐपहरु अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति एवं अर्थव्यवस्थाका लागि खतरा बनेको ट्रम्पले उल्लेख गरेका छन् ।
दुवै एपका संचालक या सहयोगी कम्पनीसँग कुनै पनि लेनदेनमा प्रतिबन्ध लागेको छ ।

अमेरिकामा टिकटक निकै लोकप्रिय रहेको थियो । झण्डै ८ करोड अमेरिकी युवाले टिकटक प्रयोग गर्ने गरेका छन् । जसमध्ये अधिकांश २० वर्ष मुनिका रहेका छन् ।

चीनको बढ्दो प्राविधिक विकासबाट तनाबमा परेको अमेरिकाले चीनको अर्थव्यवस्थालाई डामाडोल बनाउन सम्भव भएसम्मका सबै उपायहरु अपनाउँदै आएको छ ।

टेलिकम्युनिकेशन कम्पनी हुवावेबाट सुरुभएको अमेरिकी आक्रमण टिकटक र वीच्याटसम्म आइपुगेको छ । अमेरिकाले आफ्नो पछि लाग्ने देशहरुलाई पनि चिनियाँ प्रौद्योगिक कम्पनीहरु विरुद्ध कडा कारवाही गर्न गर्न दबाब दिँदै आएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ५२ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य