२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

राष्ट्रियसभामा चार समितिका सभापति निर्विरोध निर्वाचित, तीनमा नेकपा, एकमा काँग्रेसबाट निर्विरोध



काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका समितिहरुको निर्वाचन निर्विरोध सम्पन्न भएको छ ।

शुक्रबार भएको निर्वाचनमा राष्ट्रिय सभाका चार वटा समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । चारै वटा सभापतिमा पुरानै अनुहार दोहोरिएका छन् ।

जसअनुसार, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी, निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट निर्वाचित भएका छन् ।

यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) र विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ निर्वाचित भएको संसद सचिवालयले जनाएको छ ।

चार समितिमध्ये दीगो विकास तथा सुशासन समिति सभापति भट्ट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद हुन। अरु तीन सभापतिहरु सत्तारुढ नेकपाका सांसदहरु हुन् ।

राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल भएका १९ जना सांसदका लागि पुनः निर्वाचन भएपछि समितिका सभापतिहरुको पनि पुनः निर्वाचन भएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ३ : ४० बजे

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच