४ पुस २०८२, शुक्रबार | December 19, 2025

बर्सेनी डुबानमा पर्दै नरैनापुर गाउ



बाके । एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापुर–५, भगवानपुर डोन्द्रा, भोजपभगवान्पुर, महतेनिया–६ सोन वर्षा गङ्गापुरलगायत क्षेत्र डुबान र कटानको चपेटामा परेका छन् ।

बाँधले प्राकृतिक बहाव रोकेपछि बर्सेनी जिल्लाको पूर्वीदक्षिण सीमावर्ती गाउँहरु डुबानमा पर्दै आएका हुन् । भारतले कटकुइयादेखि पश्चिमतर्फ विस्तार गरेको सडकजस्तो बाँधले उत्तरबाट दक्षिण बग्ने पानीको निकास थुनेको छ । “बर्खा शुरु भएपछि त्रास मै बाँच्ने गरेका छौँ, जीउने मर्ने ठेगान छैन, नरैनापुर गाउँपालिका–१ महतनियाकी ७० वर्षीय साबिरा सिखानीले भनिन, “पानी परेको दिन कोठामा पानी भरिन्छ ।” उनका अनुसार चारैतिरबाट जम्मा भएको पानी आँगनमा जम्मा हुन्छ । गाउँले घरबाट निस्कन पाउँदैनन् । छत हुनेहरु छतमा बसेर गुजारा चलाउँछन् । घरबाट निस्कनसमेत पाउँदैनन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग जोडेर बनाएको बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका १०० बढी घर डुबानको जोखिममा रहेको बताए । लक्ष्मणपुर बाँध र कलकलवाका कारण अहिलेसम्म त्यस क्षेत्रमा चार हजार बिघा बढी खेतीयोग्य जमीन मरुभूमि भइसकेको लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका कार्यवाहक अध्यक्ष राजकुमार शुक्लाले बताए ।

लक्ष्मणपुर बाँध पीडित सङ्घर्ष समितिका कार्यवाहक अध्यक्ष शुक्लाले भने, “सरकार भारतसँग कुरा उठाउन सक्दैन । अन्तरराष्ट्रिय कूटनीतिक पहल भएको देखिएन ।” भारतले एकतर्फी बनाएको लक्ष्मणपुर बाँध १४ ढोका छन् र भारतको मनौला पुर्वा गाउँदेखि लक्ष्मणपुर कलकलवा तटबन्धले गर्दा पूरै गाउँ डुबानमा पर्दै आएका छन् ।

पछिल्लो वर्षदेखि दशगजामा विस्तार गरेको सडकजस्तो बाँधले जिल्लाका दक्षिणी भेगका सबै मानिस डुबानको जोखिममा छन् । उनले भने, “यसबारे गुनासो गरिरहेका छौँ । सरोकारवालाहरु हाम्रो कुरा सुन्दैनन् ।” लामो समयपछि नेपालगञ्ज क्षेत्रमा पानी परेको छ । भारतले दशगजामा बनाएको बाँधले पानीको प्राकृतिक बहाव रोकिदिएर नेपालगञ्जसमेत डुबानमा पर्ने गरेको छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ३१ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा