४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु



विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा अर्का एक व्यक्तिको ज्यान गएको छ ।

कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा शुक्रबार बिहान मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि अस्पताल ल्याइएका ती पुरुषको भर्ना भएलगत्तै बिहान ९४० बजे मृत्यु भएको हो ।

मृतकको कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

यसअघि मोरङमा ४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ । विराटनगरमा मात्रै ३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ४ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको