८ भदौ २०८३, सोमबार | August 24, 2026

सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकतामा राखेको छ : शिक्षामन्त्री पोखरेल



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले कोभिड १९ को संक्रमण बढ्दै गएकोले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

संघीय संसद, प्रतिनिधिसभा मातहत शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पोख्रेलले संक्रमण बढ्दै गएकोले प्रत्यक्ष कक्षा कोठामा उपस्थिति भएर पठन पाठन गराउने अवस्था नभएकोले सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

उनले वर्तमान अवस्था जटिल भएकोले असामान्य ढंगले नै सिकाई र बुझाईका मान्यताहरुलाई विकास गर्नुपर्ने आवश्यकता रहेको बताए । बन्दको समयमा विभिन्न बैकल्पिक माध्यमबाट गरिएको सिकाई शैक्षिक सत्रसंग जोडिने र शैक्षिक सत्रको गणना हुने जानकारी गराउदै सोही अनुसार बैकल्पिक सिकाईलाई स्थानीय सरकारले जोड दिनुपर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

उनले लामो समय देखि स्कुलहरु बन्द भएकोले पठन पाठन प्रभावित रहेको तर्फ सरकार सचेत र गम्भीर भएको बताए । उनले शिक्षा कार्यालयहरुलाई संक्रमणको केन्द्र बन्न नदिन सरकार सचेत रहेको बताए ।

मन्त्री पोखरेलले सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन महिना भित्र स्कुल पुग्न निर्देशन दिएको बताए । पठन पाठन सुरु नभएको अवस्थामा सरकारी शिक्षकहरुलाई स्कुल पुग्नैपर्ने निर्देशनको विरोध भईरहेका बेला मन्त्री पोख्रेलले सो निर्देशनलाई सरकारले पूर्नविचार नगर्ने स्पष्ट पारे ।

यस्तै निजी विद्यालयहरुलाई राज्यले भिन्न ढंगले हेर्न नसक्ने मन्त्री पोखरेलको भनाइ थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ३१ बजे

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौं । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

खजुरा क्यान्सर अस्पताल परिसरबाट रुट निर्धारण गर्न यातायात व्यावसायी राष्ट्रिय महासंघको परिपत्र

नेपालगन्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले महासंघमा अवद्ध तीनवटा

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति

असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुन परराष्ट्रमन्त्री सर्बिया जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी सवारीका लागि खुला

काठमाडौं । उद्घाटन भएको करिब एक महिनापछि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी