८ भदौ २०८३, सोमबार | August 24, 2026

असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुन परराष्ट्रमन्त्री सर्बिया जाने



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सर्बियाको राजधानी बेलग्रेड जानेभएका छन् ।

असंलग्न आन्दोलन (नाम)को उच्चस्तरीय स्मरणसभामा सहभागी हुन उनी त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सर्बियाको राजधानी बेलग्रेडमा यही भदौ १५ र १६ गते उच्चस्तरीय स्मरणसभाको आयोजना हुँदैछ ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो । ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा विश्वका नेताहरू, प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिको सहभागिता रहनेछ ।

नेपालले आफ्नो परराष्ट्र नीति सञ्चालनको आधारस्तम्भका रूपमा असंलग्नताको सिद्धान्तलाई अङ्गीकार गर्दै आएको छ । असंलग्न आन्दोलनप्रतिको नेपालको प्रतिबद्धतालाई संविधानले प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ ।

नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि शिखर सम्मेलन, मन्त्रिस्तरीय बैठक तथा अन्य बैठकमा उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ । मन्त्री खनाल भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  १ : ३३ बजे

खजुरा क्यान्सर अस्पताल परिसरबाट रुट निर्धारण गर्न यातायात व्यावसायी राष्ट्रिय महासंघको परिपत्र

नेपालगन्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले महासंघमा अवद्ध तीनवटा

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति

असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुन परराष्ट्रमन्त्री सर्बिया जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल यही भदौ १४ गते तीन

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी सवारीका लागि खुला

काठमाडौं । उद्घाटन भएको करिब एक महिनापछि नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी

बाँकेमा थपिए एचआइभीका नयाँ संक्रमित

नेपालगन्ज । भेरी अस्पताल, नेपालगन्जमा एचआइभीका नयाँ रोगी फेला परेका