४ पुस २०८२, शुक्रबार | December 19, 2025

बाँकेमा धमाधम संक्रमितहरुको पहिचान सार्वजानिक, शुभचिन्तकले गरे स्वास्थ्य लाभको कामना



नेपालगन्ज । प्राय कोरोना संक्रमित हुनेहरुको नाम गोप्य राखिने वा सार्वजानिक नगरिने गरिए पनि बाँकेमा आज पुष्टि भएका संक्रमितहरुको नाम सामाजिक सञ्जालमा सार्वजानिक गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गरिएको छ ।

आज संक्रमण पुष्टि भएका नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ तथा होटल ब्यवसायी लोकेन्द्र अर्यालको नाम र पहिचार उनकै सहकर्मी ब्यवसायीहरुले सार्वजानिक गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जिबी ओलीले आफ्नो फेसबुकमा स्टाटस राख्दै महासंघका केन्द्रीय सदस्य श्रेष्ठ र अर्यालको स्वास्थ्य लाभको कामना गरेका छन् । संक्रमित श्रेष्ठ र अर्यालको स्वास्थ्य लाभका लागि नेपालगन्ज उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य बिष्णु प्रसाद श्रेष्ठ, पुर्व कोषाध्यक्ष बिष्णु गौतम लगायतले कामना गरेका छन् ।

संक्रमित दुबैको ट्राभल हिस्ट्रि नभए पनि समुदायको परीक्षण गर्ने अभियान अन्तर्गत भेरी अस्पतालमा गरिएको स्वाव परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।

आजै संक्रमण पुष्टि भएका पत्रकार खगेन्द्र दाहालले पनि आफ्नै फेसबुकमा आफुलाई संक्रमण भएको खुलासा गरेका छन् । उनले आफु छिटै निको हुने बिश्वासका साथ आईसोलट भएको बताएका छन् ।

संक्रमण पुष्टि भएका सबै आजैबाट सुरु भएको पेयवल आईसोलेसन होटल सिटी प्लाजामा बसेका छन् । बाँकेमा आज मात्र ४९ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ११ : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको