४ पुस २०८२, शुक्रबार | December 19, 2025

रियल मड्रिडलाई स्तब्ध पार्दै म्यानचेस्टर सिटी पुग्यो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



एजेन्सी । कीर्तिमानी विजेता रियल मड्रिडलाई स्तब्ध पारी इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा शुक्रबार राति पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले स्पेनिस ला लिगा क्लब रियल मड्रिडलाई २–१ ले पराजित गरी समग्रमा ४–२ को जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।

म्यानचेस्टर सिटीको जितमा रहीम स्ट्रर्लिङले नवौँ तथा गाब्रियल जिससले ६८ औँ मिनेटमा गोल गरे । रियल मड्रिडका लागि २८ औँ मिनेटभमा करिम बेन्जिमाले एक गोल फर्काए ।

रियल मड्रिडको प्रशिक्षकका रुपमा जिनेदिन जिदान पहिलो पटक च्याम्पियन्स लिगबाट बाहिरिएका हुन्।

६ महिनाअघि रियल मड्रिडको मैदानमा भएको पहिलो लेगमा रातो कार्ड पाएका कारण मैदान बाहिर रहेका कप्तान सर्जियो रामोस उपलब्ध नहुँदाको मूल्य रियल मड्रिडले पराजयबाट चुकाएको हो ।

रियल मड्रिडलाई बाहिरको बाटो देखाएको म्यानचेस्टर सिटीले अब नकआउट प्रणालीको अन्तिम ८ को खेलमा लिस्बोनमा लियोनसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  ६ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको